रामायण तथा बुद्ध परिपथ निर्माण गर्ने सहमति कार्यान्वयनमा आउने

<span class='c1'>रामायण तथा बुद्ध परिपथ निर्माण</span> <span class='c2'>गर्ने सहमति कार्यान्वयनमा आउने</span>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र भारतका १५ वटा धार्मिकस्थललाई समेटेर निर्माण गर्न लागिएको रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सहमति कार्यान्वयन गम्भीरतासाथ अघि बढाएको जानकारी गराएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले रामायण सर्किट निर्माणका लागि भएको द्विपक्षीय सहमति कार्यान्वयन गर्न दुवै देश गम्भीर रहेको बताए ।

दाहालले भने, ‘नेपाल र भारतबीच १५ वटा धार्मिकस्थललाई समेटेर रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सम्बन्धमा भएको द्विपक्षीय सहमति कार्यान्वयन गर्न सरकार गम्भीर छ ।’ यस्तै, दाहालले शिव, बुद्ध र किराँच सर्किटहरूको विकास गर्न यस वर्ष बजेट सुनिश्चित गरिएको भन्दै त्यसका लागि बजेट बिनियोजन गरेको सुनाए ।

‘रामायण सर्किटलगायतका शिव, बुद्ध र किरात सर्किटहरुको विकास गर्न यस वर्ष बजेट सुनिश्चित गरिएको छ,’दाहालले भने । जनकपुर क्षेत्रको पर्यटकीय विकासका लागि हाल ९८ वर्ष पुरानो गोपाल धर्मशाला रहेको स्थानमा नयाँ परियोजना कार्यान्वयन गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी कार्यान्वयनको प्रक्रिया अघि बढाएको भनाई दाहालको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्