युरो कप २०२४ : डिफेन्डिङ च्याम्पियन इटाली स्पेनसँग १–० ले पराजित

<span class='c1'>युरो कप २०२४ : डिफेन्डिङ च्याम्पियन</span> <span class='c2'>इटाली स्पेनसँग १–० ले पराजित</span>

काठमाडौं । युरोकपको समूह चरणमा डिफेन्डिङ च्याम्पियन इटाली पराजित भएको छ ।

बिहीबार राति भएको खेलमा इटाली स्पेनसँग १–० गोल अन्तरले पराजित भएको हो । प्रतिस्पर्धात्मक खेलमा स्पेनले जित निकाल्न भने उपहार गोलको सहायता लिनु परेको थियो । ५५ औं मिनेटमा स्पेनका निको विलियम्सले प्रहार गरेको बल इटालीका निकार्डो कालाफोरिलाई लागेर पोस्टमा पुगेपछि स्पेनले उपहार गोल पाएको थियो । सोही गोललाई अन्तिमसम्म कायम राख्दै स्पेनले लगातार दोस्रो जितका साथ आफूलाई युरोकपको अन्तिम १६ मा पु¥याएको छ।

समूह बीमा स्पेनले २ खेलबाट ६ अंक बनाउँदा इटालीले समान खेलबाट ३ अंकमात्रै बनाएको छ । यसैगरी अल्बानिया र क्रोएसियाको समान एक–एक अंक रहेको छ । युरो अन्तर्गत आज समूह डीका पोल्यान्ड र अस्ट्रिया तथा नेदरल्याण्ड्स र फ्रान्स खेल्दा समूह ईको स्लोभाकिया र क्यानडा आमने सामने हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्