कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी प्रणालीको प्रभाव

<span class='c1'>कोशी, मधेश, बागमती र गण्डकी</span> <span class='c2'>प्रदेशमा मनसुनी प्रणालीको प्रभाव</span>

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनी प्रणालीको प्रभाब कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा रहेको छ ।

बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमि वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको थोरै तथा कोशी, मधेश र बाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँ, मधेश र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ । त्यस्तै, राति गण्डकी प्रदेशका केही स्थानहरूमा कोशी, मधेश, बाग्मती र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ भने गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्