खोटाङमा भरुवा बन्दुकसहित एक जना प्रहरीको नियन्त्रणमा

<span class='c1'>खोटाङमा भरुवा बन्दुकसहित एक</span> <span class='c2'>जना प्रहरीको नियन्त्रणमा</span>

खोटाङ । खोटाङमा भरुवा बन्दुकसहित एक जना प्रहरीले नियन्त्रणमा लिएको छ।

खोटाङको रावावेशी गाउँपालिका-६ का ४५ वर्षीय दिल बहादुर राईलाई १ थान भरुवा बन्दुक सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

गोप्य सुचनाको आधारमा प्रहरी चौकी जाल्पाबाट बिहिबार दिउँसो खटिएको प्रहरी टोलीले राईले गोठमा लुकाई छिपाई राखेको अवस्थामा भरुवा बन्दुक थान १ र बन्दुकमा प्रयोग हुने छर्रा सहित उनलाई नियन्त्रणमा लिएको छ।

अवैध भरुवा बन्दुकसहित पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्