‘कमेडी च्याम्पियन’ सिजन ३ को फाईनलमा दुहबीका ऋषभ काफ्ले

<span class='c1'>‘कमेडी च्याम्पियन’ सिजन ३ को</span> <span class='c2'>फाईनलमा दुहबीका ऋषभ काफ्ले</span>

विराटनगर। ‘कमेडी च्याम्पियन’ सिजन ३ मा दुहबीका ऋषभ काफ्ले फाईनलमा प्रवेश गरेका छन् ।

सेमिफाईनल राउण्डमा पफोमर अफ द राउण्ड जित्दै उनी फाईनलमा पुग्ने पहिलो प्रतियोगी समेत हुन् । योसँगै उनले तेस्रो पटक पफोमर अफ द राउण्ड अवार्ड समेत जितेका छन् ।

‘कमेडी च्याम्पियन’ सिजन ३ का चर्चित प्रतियोगी ऋषभले उत्कृष्ट ४ अर्थात सेमिफाईनल राउण्डमा सम्बन्धहरुका विषयमा रहेर दमदार व्यङ्ग्य गरेका थिए। उनको व्यङ्ग्य मनपराउँदै शोका निर्णायकहरु र अतिथि निर्णायक तथा कार्यक्रम होष्टले गरी २५० भोट गोल्डेन भोटका रुपमा प्रदान गरेका थिए । उनलाई निर्णायकहरुले शोको विजेताका रुपमा समेत चर्चा गरेका छन् ।

ऋषभ काफ्ले सुनसरी निवासी हुन् । उनले उत्कृष्ट ९ को प्रस्तुतिमा कर्मसिंह लामासँगै संयुक्त रुपमा पफोमर अफ द राउण्ड जितेका थिए । त्यसपश्चात उनले वाईल्ड कार्ड राउण्डपछि भएको उत्कृष्ट ६ को प्रस्तुतिका क्रममा र अहिले उत्कृष्ट ४ को प्रस्तुतिका क्रममा पफोमर अफ द राउण्ड जितेका हुन् । यो सँगै उनले शोमा ३ पटक पफोमर अफ द राउण्ड अवार्ड जितेका छन् । स्टोरी टेलिङमा चर्चित रहेका ऋषभले निर्णायक र दर्शकहरुको मन जितेका छन् । अहिलेसम्म प्रत्येक प्रस्तुतिमा उनको प्रशंसा हुने गरेको छ । उक्त प्रतियोगिताको फाइनल असार १४ गते हुने छ ।

‘कमेडी च्याम्पियन’को सिजन–१ को विजेता हिमेश पन्त हुन् भने दोस्रो सिजन भरतमणि पौडेलले जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्