भारतले सेमिफाइनल खेल्ने सम्भावना बलियो

<span class='c1'>भारतले सेमिफाइनल खेल्ने</span> <span class='c2'>सम्भावना बलियो</span>

काठमाडौं । आइसिसी टी– २० विश्वकपअन्तर्गत ‘सुपर–८’मा भारतले लगातार दोस्रो जित निकालेको छ । यो सँगै भारतले सेमिफाइनल खेल्ने सम्भावना बलियो बनेको छ ।

शनिबार राति सम्पन्न खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो। भारतले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १ सय ४६ रनमा समेटियो । बंगलादेशका कप्तान नजमुल शान्तोले सर्वाधिक ४० रनको पारि खेले । तन्जिद हसनले २९, रिशाद हुसेन २४, लिटनकुमार दास र महमुदउल्लाहले समान १३ जोड्दा शाकिब अल हसनले ११ रन बनाए ।

भारतका कुलदीप यादवले सर्वाधिक तीन विकेट लिए । यस्तै, अर्शदीप सिंह र जसप्रीत बुमराहले समान दुई विकेट लिँदा हार्दिक पाण्ड्याले एक विकेट निकाले । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो । भारतका लागि ब्याटिङतर्फ हार्दिक पाण्डेयले जारी विश्वकपमा आफ्नो पहिलो अर्धशतकीय पारी खेले । २७ बलको सामना गरेका उनले १९औँ ओभरको अन्तिम बलमा चौका प्रहार गरी ५० रन पूरा गरेका थिए ।
यस्तै , विराट कोहलीले ३७, शिवम दुबे ३४, ऋषभ पन्त ३६, कप्तान रोहित २३ र सुर्यकुमार यादवले ६ रन बनाए । अक्षर पटेलले अविजित ३ रन बनाए। बलिङतर्फ बंगलादेशको लागि तान्जिन साकिब र रिशाद हुसेनले समान दुई – दुई विकेट लिँदा शकिब अल हसनले एक विकेट लिए ।

शनिबारको खेलमा पराजित बंगलादेश सुपर एटबाटै बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्