टी–२० विश्वकप :अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले पराजित पर्यो

<span class='c1'>टी–२० विश्वकप :अफगानिस्तानले अष्ट्रेलियालाई</span> <span class='c2'>२१ रनले पराजित पर्यो</span>

काठमाडौं । टी–२० विश्वकपको सुपर एट खेलमा अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनको पराजित गरेको छ ।

यो सँगै अफगानिस्तानले सेमिफाइनल खेल्ने सम्भावनालाई कायम राखेको छ । विश्वकपमा अफगानिस्तानले अष्ट्रेलियालाई पराजित गरेको यो पहिलो पटक हो ।

अस्ट्रेलियाका कप्तान मिचेल मार्शले टस जितेर बलिङ रोजेपछि अफगानिस्तानले पहिले ब्याटिङ गर्दै १ सय ४९ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा धिमे सुरुवात गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा १२७ रन जोडेर अल आउट भयो । अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले यो सिजनकै उम्दा पारि पारी खेले । ४१ बलको सामना गरेका उनले ६ चौका र ३ छक्काको मद्दतमा ५९ रन बनाए । कप्तान मिचेल मार्शले १२, मार्कस स्टोइनिसले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अफगानस्तानका गुलाबुद्दिन नाबीले सर्वाधिक ४ विकेट लिए भने नवीन उल हकले ३ विकेट लिए । यस्तै, अजमतुल्लाह उमरजई, मोहम्मद नाबी, राशिद खानले समान एक–एक विकेट आफ्नो नाम गराए ।

यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको थियो । राम्रो सुरुवात गरेको अफगानस्तानका लागि ४९ बल खेलेका गुरबाजले ४ चौका र ४ छक्काको मद्दतमा ६० रनको पारि खेलेका थिए । यस्तै, इब्राहिम जद्रानले ५१ रन, करिम जन्नतले १३, मोहमद नबीले अविजित १० रन बनाए ।
अष्ट्रेलियाको लागि प्याट ममिन्सले जारी विश्वकपमा आफ्नो दोस्रो ह्याट्रिक पूरा गरे । उनले राशिद खान, करिम जन्नत र गुलाबुद्दिन नबीको विकेट लिए ।

यस्तै, एडम जाम्पाले एकै ओभरमा दुई विकेट लिए । उनले १६.३ ओभरमा अजमतुल्लाह उमरजाई र १६.६ ओभरमा इब्राहिम जद्रानलाई आउट गराए । मार्कस स्टोइनिसको नाम एक विकेट रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्