मकालु साहित्यिक समाजद्वारा कोशी प्रदेशस्तरीय लोकदोहोरी सम्पन्न

<span class='c1'>मकालु साहित्यिक समाजद्वारा कोशी</span> <span class='c2'>प्रदेशस्तरीय लोकदोहोरी सम्पन्न</span>

विराटनगर । मकालु साहित्यिक समाज संखुवासभाको आयोजनामा पञ्चेबाजामा कोशी प्रदेशस्तरीय लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको छ ।

प्राज्ञ खेम नेपालीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा तेह्रथुमका कमल बुढाथोकी र भूमिका खनालको समूहले प्रथम स्थान प्राप्त गरेको छ ।

त्यस्तै खोटाङको गंगा गौतम र रमेश आचार्यको समूह द्वितीय हुँदा संखुवासभाको मनकामना समूह तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः २५, २० र १५ हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको थियो । लोकसंस्कृति र बञ्चेबाजाको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष ताराबहादुर बुढाथोकीले जानकारी दिए । कार्यक्रममा पन्चैबाजाका कलाकारहरुले संगीत दिएका थिए । सोही अवसरमा साहित्यकार खेम नेपाली, गंगा सुवेदी र गायक संजीव धिमाललाई सम्मान गरिएको थियो ।

खाँदबारी नगरपालिका वडा नम्बर ७ को सहयोगमा ‘महिला हिंसा र दुर्व्यसन विरुद्ध’ मावि स्तरीय लोकदोहोरी पनि सम्पन्न भएको छ । प्रतियोगितामा नगर क्षेत्रभित्रका ८ वटा माविका दोहोरी टिम सहभागी भएकामा आदर्श विद्यामन्दिर प्रथम, अरुण भ्याल्ली बोर्डिङ दोस्रो र मनमकामना मावि तेस्रो भए । लोपोन्मुख संस्कृतिको संरक्षणसहित समाजमा सचेतना अभिवृद्धिमा प्रतियोगिता अत्यन्तै फलदायी भएको अग्रज साहित्यकारसमेत रहेका आयोजक संस्थाका अध्यक्ष बुढाथोकीले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्