कोपामा अमेरिकाको विजयी सुरुआत

<span class='c1'>कोपामा अमेरिकाको</span> <span class='c2'>विजयी सुरुआत</span>

काठमाडौं । कोपा अमेरिका फुटबलमा घरेलु टोली अमेरिकाले विजयी सुरुआत गरेको छ ।

समूह सीको पहिलो खेलमा आज अमेरिकाले बोलिभियालाई २–० गोल अन्तरले पराजित गरेको हो ।

टेक्सासमा भएको खेलमा अमेरिकालाई जिताउन क्रिष्टियन पुलिसिस र फ्लोरिन बालोगुनले एक एक गोल गरे । खेल सुरु भएको तेस्रो मिनेटमै टिमोथी वेहको पासमा पुलिसिसले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा पुलिसिसको पासमा फ्लोरिनले थप १ गोल गरेपछि अमेरिका पहिलो हाफमै २–० को सहज अवस्थामा पुगेको थियो । सोही अग्रता अन्तिम समयसम्म जोगाउँदै अमेरिकाले समूह सीको पहिलो खेलमा जित निकाल्न सफल भयो।
जितसँगै अमेरिका ३ अंकका साथ शीर्ष स्थानमा रहेको छ । यो समूहमा उरुग्वे र पानामा पनि रहेका छन् । उरुग्वे र पानामको खेल पनि आज हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्