कोपा अमेरिकामा पानामालाई ३–१ गोल अन्तरले हराउँदै उरुग्वे समुहको शीर्ष स्थानमा

<span class='c1'>कोपा अमेरिकामा पानामालाई ३–१ गोल अन्तरले</span> <span class='c2'>हराउँदै उरुग्वे समुहको शीर्ष स्थानमा</span>

काठमाडौं । स्टार खेलाडी लुईस सुवारेजविनै मैदान उत्रिएको उरुग्वेले कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ ।

सोमबार भएको खेलमा उरुग्वेले पानामालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । उरुग्वेको जितमा म्याक्सिमिलानो जाभियर आरुगो, डार्विन ग्याब्रिएल नुनेज र मेटिस निकोलस भिनाले एक एक गोल गर्दा पानामाका मिचेल अमिर मुरिलोले एक गोल फर्काए ।

फ्लोरिडामा भएको खेलमा उरुग्वेले १६ औं मिनेटमा अग्रता लिएको थियो । मेटिसको पासमा म्याक्सिमिलानोले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल भएको खेलमा दुवै तर्फबाट बाँकी ३ गोल दोस्रो हाफमा निस्किएका थिए । ८५ औं मिनेटमा नुनेजले गोल गर्दै उरुग्वेको अग्रता दोब्बर बनाए । दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा मेटिस निकोलसले डिइगो निकोलसको पासमा गोल गरेपछि उरुग्वे ३–० को सहज अवस्थामा पुगेको थियो ।
तर, अतिरिक्त चौथो मिनेटमा पानामाका फेड्रि गोनडोलाको पासमा मुरिलोले गोल गर्दै अन्तर ३–१ मा झारे पनि हार टार्न पर्याप्त भएन ।

जितसँगै कोपा अमेरिकाको समूह सीमा उरुग्वेले ३ अंक जोड्दै आफूलाई शीर्ष स्थानमा राखेको छ । यही समूहका अमेरिकाले पनि सोमबार जित निकाल्दै तीन अंक जोडेको थियो । अमेरिका दोस्रो स्थानमा रहँदा पानामा र बोलिभिया अंकविहिन हुँदै तालिकाको तेस्रो र चौथो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्