प्रधानमन्त्रीमाथि लेखकको व्यङ्ग : हामीलाई राम्रो जादुगर होइन, राम्रो प्रधानमन्त्री चाहिएको छ

<span class='c1'>प्रधानमन्त्रीमाथि लेखकको व्यङ्ग : हामीलाई राम्रो</span> <span class='c2'>जादुगर होइन, राम्रो प्रधानमन्त्री चाहिएको छ</span>

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सेचतक रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘राम्रो प्रधानमन्त्री नभई राम्रो जादुगर’ भएको भन्दै व्यङ्ग गरेका छन् ।

सोमबार स्वर्गीय नन्दप्रसाद शिवाकोटी स्मृति ग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले एउटा कार्यक्रममा आफूसँग जादुयी संख्या रहेको भनेर गरेको टिप्पणीमाथि व्यङ्ग गर्दै प्रधानमन्त्री जादुगर भएको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीलेजीले यो मेरो संख्या होइन, जादु हो भनेर भनिराख्नु भएको छ । अब हामीलाई राम्रो प्रधानमन्त्री चाहिएको छ । अब उहाँ राम्रो जादुगर भएर आउनु भएको छ । बडो बिडम्बनामा हामीले बाच्नु परिरहेको छ ।’ लेखकले राजनीतिक स्थिरता, समृद्धि, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता भएको भन्दै वर्तमान राजनीतिक गतिविधि र अस्थिरतका कारण सबै ओझेलमा परेको बताए ।

उनले भने, ‘हामीले कतिपय चुनौतीहरु भोग्नु परेको छ । अहिले मुलुकमा स्थिरता, समृद्धिको कमि छ । मुलुकको उन्नती, दिगो शान्ति, विकास, सुशासन आजको आवश्यकता छ तर राजनीति गतिविधि र अस्थिरताले यी सबै कुराहरुलाई ओझेलमा राखेको छ । अझै कति दिन अस्थिरता व्यहोर्नु पर्ने हो भन्ने पनि थहा छैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्