ललितपुर महानगरको बजेट सात अर्ब ४६ करोड

<span class='c1'>ललितपुर महानगरको बजेट सात</span> <span class='c2'>अर्ब ४६ करोड</span>

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि गत वर्षको तुलनामा बजेटको आकार बढाएर ल्याएको छ ।

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सात अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेको छ ।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले सोमबार नगरसभाको पाँचौँ अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक वर्षका लागि सात अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट वक्तव्य सार्वजनिक गरेकी हुन् । अगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा १५ प्रतिशत बढी रहेको उपमेयर शाक्यले बताइन् । चालू आर्थिक वर्षका लागि महानगरले ६ अर्ब ५० करोड पाँच लाख ८८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।
स्रोत व्यवस्थापनतर्फ संघीय सरकारबाट एक अर्ब ३२ करोड ८० लाख र बागमती प्रदेश सरकारबाट २२ करोड ९२ लाख ९२ हजार प्राप्त हुने अनुमान गरिएको उपप्रमुख बज्राचार्यले बताइन् ।

महनागरले विश्व सम्पदा क्षेत्रभित्र भवन सम्पदा नियम पालना गरी निर्माण गरिएका घरहरुको सम्पति कर मिनाहा गर्ने भएको छ ।
त्यस्तै, विद्युतीय सवारी प्रयोग गर्ने ललितपुरबासीले सम्पत्ति कर छुट मागेमा सम्पत्ति करमा ५ प्रतिशत कर छुट दिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्