युरोकपमा स्पेन र इटाली प्रिक्वाटरफाइनलमा प्रवेश

<span class='c1'>युरोकपमा स्पेन र</span> <span class='c2'>इटाली प्रिक्वाटरफाइनलमा प्रवेश</span>

काठमाडौं । युरोकपमा स्पेन र इटालीले अन्तिम १६ मा स्थान पक्का गरेका छन् ।

मंगलबार बिहान सकिएको खेलमा स्पेनले अल्बानियालाई १–० गोल अन्तरले पराजित गर्दा इटाली र क्रोएसियाले एक –एक गोलको बराबरी खेलेको थियो ।
जितसँगै स्पेन समूह चरणमा शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहेर अन्तिम १६ अर्थात् प्रिक्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो । स्पेनका डानी ओल्मोको पासमा फेरान टोरेसले गोल गरेपछि १३ औं मिनेटमा अग्रता लिएको थियो । सोही अग्रता अन्तिमसम्म जोगाउँदै स्पेनले शतप्रतिशत जिन निकाल्न सफल भयो ।

उता अर्को खेमाल डिफेन्डिङ च्याम्पियन इटालीले अन्तिम समयमा गोल गर्दै बराबरी खेले पछि अन्तिम १६मा स्थान पक्का गर्न मद्दत पुग्यो । क्रोएसिया भने प्रतियोगिताबाट बाहिर भएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा क्रोएशियाले सुरुवाती अग्रता लिएको थियो ।
खेलको ५५ औं मिनेटमा लुका मोड्रिकले गोल गर्दै अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको अतिरिक्त आठौं मिनेटमा माटेटा ज्याग्नीले रिकार्डोको पासमा गोल गर्दै बराबरीमात्रै गरेनन की इटालीलाई अन्तिम १६ मा पु¥याए ।

समूह बीबाट स्पेन शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुग्दा इटाली ४ अंकका साथ दोस्रो स्थानमा रहेर पुगेको हो । क्रोएसियाको २ अंक हुँदा अल्बानियाको एकमात्र अंक रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्