आईसीसी टी २० विश्वकप क्रिकेटमा अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा

<span class='c1'>आईसीसी टी २० विश्वकप क्रिकेटमा</span> <span class='c2'>अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा</span>

काठमाडौं । आईसीसी टी २० विश्वकप क्रिकेटमा अफगानिस्तानले सेमिफाइनलको स्थान पक्का गरेको छ । ११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा १०५ रनमा अलआउट भएपछि अफगानिस्तान ८ रनले विजयी भएको हो ।

मंगलबार भएको खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान पहिलो पटक टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो। सन् २०१० को दोस्रो संस्करणको टी–२० विश्वकपबाट निरन्तर सहभागी हुँदै आएको अफगानिस्तान नवौं संस्करणमा आएर सेमिफाइनल प्रवेश गर्न सफल भएको हो ।
बंगलादेशका लागि ओपनर लिन्टनकुमार दासले बलमा ५ चौका र १ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय पारि खेले। यस्तै, तौहिद हृदोयले १४ र सौम्य सरकारले १० रन बनाउनु बाहेक अन्यले राम्रो गर्न सकेनन् ।

अफगानिस्तानका लागि कप्तान राशिद खान र नभिन उल हकले समान चार –चार तथा फैजलहक फारुकी तथा गुलबदीन नईबले एक– एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो।
अफगानिस्तानका लागि रहमानुल्लाह गुर्वाजले ५५ बलको सामना गरेर सर्वाधिक ४३ बनाए । यस्तै, इब्राहिम जाद्रानले २९ बलमा १८ रन, कप्तान राशिद खानले १० बलमा १९ तथा अजमतुल्लाह उमरजाइले १० रन बनाए। बंगलादेशका लागि रिषद होसेनले तीन, तस्किन अहमद र मुस्ताफिजुर रहमानले समान एक –एक विकेट लिए। योसँगै अफगानिस्तान सेमिफाइनल प्रवेश गर्ने चौथो टोली बनेको छ भने सेमिफाइनल समिकरण समेत पूरा भएको छ ।

अफगानिस्तानको सेमिफाइनल प्रवेशसँगै अस्ट्रेलिया भने सुपर आठ बाटै बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्