वक्तृत्वकला प्रतियोगिताको उपाधि जेभियर्स स्कुललाई

<span class='c1'>वक्तृत्वकला प्रतियोगिताको उपाधि</span> <span class='c2'>जेभियर्स स्कुललाई</span>

विराटनगर । मोरङको बुढीगंगा १ मा रहेको राजसती महिला बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरेको वक्तृत्वकला प्रतियोगिताको उपाधि जेभियर्स स्कुलले जितेको छ।

बुढीगंगा गाउँपालिका अन्तर्गत रहेका ११ वटा माध्यमिक तहकगत विद्यालयका विद्यार्थी बिचमा जलवायु परिवर्तन र पर्यावरणीय विनाशका कारण हाम्रो भविष्यका चुनौतीहरू “ विषयमा भएको वक्तृत्वकला प्रतियोगिताको उपाधि जेभियर्स स्कुलले जितेको हो ।

प्रतियोगीताको निर्णायकहरुमा संस्थाका सल्लाहकार राजन केसी , प्राडा. तेजनारायण मण्डल र प्राडा. शिवकुमार राई रहेका थिए।प्रतियोगितामा सहभागी १४ प्रतिस्पर्धीरूलाई पछि पार्दै जेभियर्स स्कुलकी छात्रा शुभेक्षा बस्नेत प्रथम , नरग्राम माविकी छात्रा मन्दिरा घिमिरे दोस्रो , मोरङ पब्लिक स्कुलकी छात्रा आज्ञा ओली तेस्रो भईन भने जेभियर्सकै छात्र सेमन्तक भण्डारी चौथो भई सान्त्वना पुरस्कार प्राप्त गरे।

संस्थाकी काबा अध्यक्ष गीतादेबी बिष्टको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सचिव तुलसी बिष्टले गरे ।

प्रतियोगिताका विजेता विधार्थीलाई क्रमशः २५००, २०००, १५०० र १००० रुपैयाँ नगद पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिएको थियोे। निर्णायक मण्डलका संयोजक राजन केसी, निर्णायक द्वय प्राडा राई र प्राडा मण्डल तथा जेभियर्स स्कुलका शिक्षक रेवन्त श्रेष्ठले आयोजकलाई धन्यवाद दिँदै विजेता तथा सहभागी विद्यार्थीहरूलाई बधाई तथा शुभकामना मन्तव्य राखेका थिए।

प्रमुख अतिथि बुढीगंगा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष सोमराज काफ्लेले विजयी हुने विद्यार्थीलाई पुरस्कृत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्