केराबारीमा विद्यालय जाँदै गरेका विद्यार्थीलाई खोलाले बगाएर मृत्यु

<span class='c1'>केराबारीमा विद्यालय जाँदै गरेका</span> <span class='c2'>विद्यार्थीलाई खोलाले बगाएर मृत्यु</span>

विराटनगर । मोरङको केराबारीमा विद्यालय जाँदै गरेका एक विद्यार्थीलाई खोलाले बगाएर निधन भएको छ । मंगलबार बिहान ९ बजे केराबारी गाउँपालिका–४ का चित्रबहादर राईका छोरा ११ वर्षीय श्याम राईलाई विद्यालय जाने क्रममा खोलाले बगाएर मृत्यु भएको हो ।

जनकल्याण मा.बि. मा अध्ययनका लागि जाँदा बाटोमा महुरे खोला तर्ने क्रममा उनलाई बगाएको थियो । आफन्तले खोजतलास गर्ने क्रममा एकसय मिटर तल खोलाको पश्चिम किनारमा बालक मृत फेला परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्