सुन्दरहरैँचा नगरपालिकाको १४ औं नगरसभा : १ अर्ब ८२ करोडको बजेट प्रस्तुत

<span class='c1'>सुन्दरहरैँचा नगरपालिकाको १४ औं नगरसभा  :</span> <span class='c2'>१ अर्ब ८२ करोडको बजेट प्रस्तुत</span>

मणिराम दाहाल
सुन्दरहरैंचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकाकाे साेमवार चाैधाैँ नगरसभा भएको छ ।

सुन्दरहरैंचाको पहिचान : समृद्धि र सुशासन भन्ने मुल लक्ष्य र उद्देश्य सहित नगरसभाले निति तथा कार्यक्रम सहित बजेट पेश गरेको हाे ।नगरप्रमुख केदारप्रसाद गुरागाईले नगर सभा बैठकमा बार्षिक निति तथा कार्यक्रम पेश गरेका थिए । बजेट उपप्रमुख अकली चाैधरीले पेश गरेकी थिइन् । आर्थिक वर्ष २०८१/०८२ का लागि कुल बजेट १ अर्ब ८२ कराेड ६१ लाख ७९ हजार २ सय ४८ रूपैयाँ बजेट पेश भएको हाे ।

जसमा चालु तर्फ खर्च ७५ करोड २९ लाख ४३ हजार ५ सय र पूँजिगत तर्फ १ अर्ब ६ करोड ६७ लाख ३५ हजार ७ सय ४८ र वित्तिय व्यवस्थापनमा ६५ लाख विनियोजन गरिएको छ । शिर्षकगत रुपमा बजेट खर्च प्रसाशनिक खर्च चालु २५ करोड, संस्थागत सुधार तथा क्षमता विकास २ करोड ३० लाख, पूर्वाधार विकास तर्फ ६९ करोड ३९ लाख २४ हजार २ सय, आर्थिक विकास तर्फ २ करोड ३२ लाख ६० हजार, सामाजिक विकास तर्फ ४१ करोड ४८ लाख ८३ हजार ५ सय, वन तथा वातावरण विपद व्यवस्थापनका लागि २ करोड, बहु वर्षीय योजना भूक्तानी २१ करोड १० लाख ११ हजार ४ सय ८०, वडागत सिलिङ चालु तर्फ १८ करोड ३६ लाख, विनियोेजन गरिएको छ । गत आर्थिक वर्षमा १ अर्ब ७२ करोड ८ लाख २२ हजारको बजेट विनियोजन गरिएको थियो । गतवर्षको बजेटकाे तुलनामा यस बर्ष बढेको देखिन्छ ।

निर्वाचन पश्चातको २ वर्षको समयावधी पूरा भएकोले यस बिचमा जनप्रतिनिधिहरूले सङ्कल्प गरेका केही कामहरू पूरा भएकाे उल्लेख गरिएको छ । नेपाल सरकारको सेवा प्रवाहसम्बन्धी विकेन्द्रीकरणको नीति अनुरुप घरनक्सा पासको प्रकृया, व्यवसाय दर्ता तथा नवीकरणको काम वडास्तरबाटै सम्पन्न हुने व्यवस्थालाई निरन्तरता दिइएको छ । भौतिक पूर्वाधार तर्फ चालु आर्थिक वर्षमा नगरभित्र ८.६९ कि.मी. सडक कालोपत्रे गरीएको, ४ कि.मी. बाटोमा पेवल्स विछ्याउने काम गरिएको, २१.८५५ कि.मी. ग्राभेल गरीएको, २४.९९ कि.मी. एजिङ गरीएको, ९ ओटा पुल कल्भर्ट निर्माण गरीएको, २१ वटा भवन निर्माण, ८४ वटा खानेपानीको धारा विस्तार गरीएको, १४७ वटा बाटो नम्बरीङ्ग गरीएको साथै १० वटा कन्भेक्स मिरर जडान गरीएको उल्लेख गरिएको छ । त्यसैगरी बाटोहरुमा उच्चस्तरीय ग्राभेल, खानेपानीको पाइप विस्तार, नदिनालामा तटबन्धन गर्ने कार्य निरन्तरता दिइएको बताइएको छ । विश्व बैंकको लगानीमा सुन्दरहरैचा बडा नं. ६ को महेश्वर सुब्बा मार्ग र वडा नं. ७ र ८ को चन्द्रनगर-विश्वविद्यालय गोठगाउँ सडकखण्डमा ९.९४ कि.मि. ड्रेनसहितको उच्चस्तरीय सडक निर्माण कार्य प्रारम्भ भएको छ भने वडा नं. ७ मा रु २ करोडको लगानीमा कोल्ड स्टोर निर्माण कार्य अन्तिम चरणमा रहेको बताइएको छ ।

गछिया खोलामा वैकल्पिक रुपमा प्रयोग हुने र पर्यटनसँग जोडेर विचरण स्थल निर्माण गर्ने सोच राखी तटबन्धसँगसँगै करिडोर निर्माण कार्यलाई निरन्तरता दिइएको उल्लेख गरिएको छ । यस आ.व. मा उपभोक्ता सामिति मार्फत २ सय ४२ वटा आयोजनाहरु कार्यान्वयन गरीएको छ भने संङ्गीय सरकारबाट वित्तीय समानीकरण अनुदान कटौती हुने देखिएकाले २१ वटा आयोजनालाई बहुवर्षीय ठेक्कामा सञ्चालन गर्ने गरी व्यवस्थापन गरीएको छ। उपभोक्ताहरुलाई आयोजना कार्यान्वयन थप व्यवस्थित र प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न अभिमुखीकरण तालिम सम्पन्न गरिएको लगायतका विषयबस्तु नगरसभामा उल्लेख गरिएको छ ।

सुन्दरहरैंचाको नीति तथा कार्यक्रममा अनिवार्य ३० प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्ने भएको छ। एक घर एक धारा जडान गर्ने, एक वडा एक जेष्ठ नागरिक चौतारी निर्माण गर्ने ,राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको खेलाडी निर्माण गर्न वडा-वडामा खेलकुद समिति निर्माण गर्ने भएको छ। आर्थिक वर्ष २०८१ /८२ देखि सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन सलकपुरमा निर्माण थालनी गरिने उल्लेख गरिएकाे छ।

सञ्चार, विद्युत् तथा ऊर्जा सम्बन्धमा सञ्चार क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोगमा प्रोत्साहन गरिने बताइएको छ ।नगर भित्रका रेडियो, पत्रपत्रिका अनलाइन पोर्टलहरुका साथै सञ्चकर्मीहरुको क्षमता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गरिनेछ बताइएको छ । स्थानीय सञ्चार माध्यमहरुको कार्यसम्पादन र प्रभावकारितामा साझेदारीको नीति अवलम्बन गरीनेछ भएको छ । सूचना प्रविधिसँग सम्बन्धित तालिम, सेमिनार, अध्ययन अवलोकन लगायतका प्रवर्द्धनात्मक विषयहरुलाई सरोकारवाला निकायहरुसँग समन्वयन गरी सञ्चालन गरिने उल्लेख गरिएको छ । पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि तालिम, पत्रकारिताको माध्यमबाट अनुसन्धनात्मक लेखका निम्ति लेखनवृत्ति (फेलोसिप), सन्देशमूलक सूचनाको निर्माण तथा विकास गर्ने कार्य गरिने नगर सभामा बताइएको छ ।

सुन्दरहरैंचा नगरपालिकाले “उत्कृष्ट ढुकुर जोडी”कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । नगरले चौधौं नगर सभाको ०८१/०८२ को बजेट मार्फत उक्त कार्यक्रम ल्याएको हो । नगरमा सम्बन्ध विच्छेदका घटनालाई न्यूनीकरण गर्नका लागि न्यायिक समितिका नितिहरू मार्फत सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख गुरागाईले सो कार्यक्रम अगाडि ल्याएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्