युरो कप : समूह सीका दुवै खेल बराबरीमा सकिए

<span class='c1'>युरो कप : समूह सीका</span> <span class='c2'>दुवै खेल बराबरीमा सकिए</span>

काठमाडौं । युरो कप २०२४ मा समूह सीका दुवै खेल बराबरीमा सकिएका छन् । मंगलबार राति भएको खेलमा इंग्ल्याण्ड र स्लोभेनिया तथा डेनमार्क र सर्वियाले गोलरहित बराबरी खेलेका हुन् ।

गोलरहित बराबरीमा सबै टिमले एक एक अंक जोडेका थिए । इंग्ल्याण्ड ५ अंकका साथ समूह विजेता बन्दै अन्तिम १५ मा प्रवेश गरेको छ ।
यसैगरी अर्को खेलमा डेनमार्क र सर्वियाले पनि गोलरहित बराबरी खेले । डेनमार्क ३ अंकका साथ दोस्रो स्थानमा रहेर अन्तिम १६मा पुगेको छ । डेनमार्क र स्लोभानिया दुवैले तीन तीन खेल नै बराबरी खेलेका थिए । तर, कम पहेँलो कार्डका आधारमा डेनमार्क दोस्रो स्थानमा रहन पुग्यो ।

यसैगरी लगातार तीन खेलमा बराबरी खेलेको स्लोभानिया पनि उत्कृष्ट तेस्रो बन्दै अन्तिम १६ मा स्थान पक्का गर्न सफल भयो । सर्विया भने प्रतियोगिताबाट बाहिर भएको छ ।यसैगरी समूह डीको खेलमा अस्ट्रिया जित निकाल्दै समूह बिजेता बनेको छ । अस्ट्रियाले नेदरल्याण्ड्सलाई ३–२ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा रह्यो । अस्ट्रियाले पहिलो गोल उपहार पाएको थियो । नेदरल्याण्ड्सका डोनियल मालेनले आफ्नै पोस्टमा गोल गर्दा अस्ट्रियाले अग्रता लिएको थियो ।

४७ औं मिनेटमा नेदरल्याण्ड्सका कोडी म्याथेसले बराबरी गोल गरेका थिए । ५९ औं मिनेटमा अस्ट्रियाका रोमानोले गोल गरेपछि २–१ को अग्रता लियो ।
७५ औं मिनेटमा नेदरल्याण्ड्सले मेफिस डीपेले बराबरी गोल गरेका थिए । प्रतिस्पर्धात्मक देखिएको खेलमा मार्केल सेबिट्जरले ८० औं मिनेटमा गोल गरेपछि अन्ततः अस्ट्रिया ३–२ को जितका साथ शीर्ष स्थानमा रह्यो ।यही समूहमा रहेको फ्रान्स र पोल्याण्डले भने एक एक गोलको बराबरी खेले । दुवै टिमले एक एक गोल पेनाल्टीमा गरेका हुन् । ५६ औं मिनेटमा केलियन एम्बाप्पे र ७९ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले आफ्ना टिमका लागि पेनाल्टीमा गोल गरेका थिए। बराबरीसँगै फ्रान्सले अन्तिम १६ मा स्थान बनाउँदा पोल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ । यो समूहबाट उत्कृष्ट तेस्रो बन्दै नेदरल्याण्ड्सले पनि अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

प्रतियोगिता अन्तर्गत आज पनि ४ वटा खेल हुने छन् । समूह ईका स्लोभाकिया र रोमानिया, युक्रेन र बेलजियम भिड्दा समूह एफका चेक गणतन्त्र र टर्की तथा जर्जिया र पोर्चुगल आमने सामने हुने छन् । पहिलो खेल राति पौने १० बजे सुरुहुने छ भने दोस्रो खेल राति पौने १ बजे सुरुहुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्