ओखलढुंगामा अविरल वर्षासँगै झरेको पहिरोले घर बगाउँदा एक जनाको मृत्यु

<span class='c1'>ओखलढुंगामा अविरल वर्षासँगै झरेको पहिरोले</span> <span class='c2'>घर बगाउँदा एक जनाको मृत्यु</span>

ओखलढुंगा । ओखलढुंगामा अविरल वर्षासँगै झरेको पहिरोले घर बगाउँदा एकजनाको मृत्यु भएको छ। भने पहिरोमा परी एउटै परिवारका अन्य दुई जना घाइते भएका छन् ।

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-५ शेर्नाको थुम्कीमा पहिरोमा परी मृत्यु हुनेमा ३५ वर्षीय देवकुमारी खत्री रहेकी छिन् । गएराति २ बजेको समयमा झरेको पहिरोमा परेर घाइते हुनेमा मृतकका श्रीमान बाबुराम खत्री र छोरी मेनुका खत्री रहेका छन् ।

उनीहरुलाई पहिरोबाट सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । उनीहरुलाई अहिले स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको छ ।

उद्दारमा संलग्न छिमेकी यदु बाँस्तोलाका अनुसार पहिरोले घर तथा मतान चार सय मिटर तल बगाएको छ ।

सांकेतिक तस्बिर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्