मोरङको रतुवामाईमा पानीमा डुबेर एक जना बालकको मृत्यु

<span class='c1'>मोरङको रतुवामाईमा पानीमा डुबेर</span> <span class='c2'>एक जना बालकको मृत्यु</span>

मोरङको रतुवामाईमा घरनजिक जमेको पानीमा डुबेर बुधबार बिहान एक जना नाबालकको मृत्यु भएको छ । रतुवामाई नगरपालिका–५ का नुर मोहमदका २ वर्षीय छोरा मोहमद मुसाहाको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।

उनका अनुसार खेल्ने क्रममा डुबेर नाबालकको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

एकाबिहानै घरबाट नाबालक हराएपछि अभिभावकले खोजी सुरु गरेका थिए । खोजी गर्ने क्रममा डुबेर मृत्यु भएको अवस्थामा बिहान ७ बजेतिर शव फेला परेको हो । घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय सिजुवाका इन्सपेक्टर दीपक खरेल नेतृत्वको टोली घटनास्थलमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्