झापा । झापामा सर्पको टोकाइबाट एक जना बालिकाको मृत्यु भएको छ।
झापाको कचनकवल गाउँपालिका-३ ठुलो केचना बस्ने हरि प्रसाद राजवंशीको छोरी १२ वर्षीय मनीषा राजवंशीलाई आफ्नै भण्डार कोठा भित्र टेबल निकाल्ने क्रममा विषालु सर्पले डसेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विषालु सर्पले टोकेको थाहा पाएर परिवारले तत्कालै उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जानकारी पाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।