युरोकपमा बेल्जियम नकआउट चरणमा प्रवेश

<span class='c1'>युरोकपमा बेल्जियम नकआउट</span> <span class='c2'>चरणमा प्रवेश</span>

काठमाडौं । बेल्जियम युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

स्टटगार्ट एरेनामा बुधबार राति सम्पन्न खेलमा युक्रेनसँग गोलरहित बराबरीमा खेल्दै बेल्जियम नकआउट चरणमा प्रवेश गरेको हो । बेल्जियम समूह ‘इर्’ को उपविजेता बन्दै अन्तिम १६ मा पुग्यो। यो समूहमा रोमानियाले तीन खेलबाट चार अंक जोड्दै विजेता बन्यो । स्लोभाकिया र युक्रेनको पनि समान चार अंक भएपनि रोमानिया र बेल्जियम गोलअन्तरमा शीर्ष दुईमा रहे । यो सँगै रोमानिया युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

ड्यूश बैंक पार्कम बुधबार राति सम्पन्न खेलमा स्लोभाकियालाई १-१ गोलको बराबरीमा रोक्दै रोमानिया नकआउट चरणमा प्रवेश गरेको हो।
खेलको २४औं मिनेटमा जुराज कुक्काको पासमा ओन्द्रेज डुडाले गोल गर्दै स्लोभाकियालाई सुरुआती अग्रता दिलाएका थिए। तर, ३७औं मिनेटमा रजवान मारिनले गोल गर्दै रोमानियालाई खेलमा फर्काए। उनले पेनाल्टीमार्फत गोल गरेका हुन्। त्यसपछि बाँकी समय थप गोल नहुँदा दुबै टोलीले एक एक अंक बाँडे। समूह ई मा रोमानियाले तीन खेलबाट चार अंक जोड्यो। बेल्जियम, स्लोभाकिया र युक्रेनको समान चार अंक भएपनि रोमानिया गोलअन्तरमा शीर्ष स्थानमा रह्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्