जुडो खेलाडी मनीताले पेरिस ओलम्पिक खेल्ने

<span class='c1'>जुडो खेलाडी मनीताले</span> <span class='c2'>पेरिस ओलम्पिक खेल्ने</span>

काठमाडौं । जुडो खेलाडी मनीता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक– २०२४ खेल्ने भएकी छन् ।

साउन ११ देखि २७ गतेसम्म हुने पेरिस ओलम्पिकमा सहभागी हुन मनीताले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले जनाएका छन् । मनीताले महिला ५७ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छिन् ।

दक्षिण एसियाली खेलकुद ९साग० को १२ औं र १३ औं संस्करणकी रजत विजेता २५ वर्षीया मनीताले ९ वर्षको उमेरदेखि जुडो खेल्न थालेकी थिइन् । उनको पहिलो प्रतियोगिता सन् २०११ मा काठमाडौंको धापासीमा भएको त्रियोग जुडो च्याम्पियनसिप हो । त्यसमा मनीताले स्वर्ण जितेकी थिइन् । मनीता ओलम्पिक छात्रवृत्ति प्राप्त खेलाडी हुन् । मनतिाले किर्गिस्तानमा भएको जुनियर एसियाली जुडोमा कांस्य, थाइल्यान्ड विश्वविद्यालय जुडोमा स्वर्ण, दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा रजतलगायत अन्तर्राष्ट्रिय पदक जितेकी छन् ।

मनीतासंग एसियाली खेलकुदको १८ औं १९ औं संस्करण खेलेको अनुभव छ । पेरिस ओलम्पिककै लागि मनीताले जापान, चाइनिज ताइपेइ, हङकङ र किर्गिस्तानमा छनोट प्रतियोगिता खेलेकी थिइन् । मनीता राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारी विशेष प्रशिक्षणमा रहेकी छन् । काठमाडौंको एकलटारस्थित रानीवनमा रहेको बन्दी सहायता नियोग (पाम) बाट जुडो खेल्न सुरु गरेकी मनीता विगत पाँच वर्षदेखि नेपाल प्रहरीमा आबद्ध छिन् । मनीताका सुरुआती गुरु टोकियो ओलम्पिक– २०२० मा प्रशिक्षकको भूमिका निर्वाह गरेका सूर्यनारायण श्रेष्ठ हुन् । पाममा हाल २८ जना आश्रित छन् र सबै जुडो खेल्छन् । ओलम्पिकमा सहभागी हुने मनीता छैटौं नेपाली जुडो खेलाडी हुन् । यसअघि १९८८ को सिओल ओलम्पिकमा गंगाबहादुर डंगोल र ऋषिराम प्रधान, २००८ को बेइजिङ ओलम्पिकमा देबु थापा, २०१६ को रियो ओलम्पिकमा फुपु ल्हामु खत्री, २०२० को टोकियो ओलम्पिकमा सोनिया भट्टले नेपालको प्रतिनिधित्व गरेका थिए ।

मनीताले छनोट भएकोमा आश्चर्य र खुशी लागेको प्रतिक्रिया दिदै पेरिस ओलम्पिकमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्ने बताइन् ।‘सुरुमा मलाई ओलम्पिक कमिटीबाट पेरिस ओलम्पिकका लागि छनोट भएको खबर आएको थियो । मलाई पत्याउनै गाह्रो भयो । त्यसपछि सूर्य गुरुको फोन आयो । अनि मात्र विश्वस्त भए । ओलम्पिक जस्तो ठूलो खेलकुदमा छनोट भएकोमा आश्चर्य र खुशी लागेको छ ।’ मनीताले भनिन्– ‘पेरिस ओलम्पिकमा अहिलेसम्मकै उत्कृष्ट दिने प्रयास गर्ने छु ।’

पेरिस ओलम्पिकमा हालसम्म नेपालबाट सहभागी हुने खेलाडीको संख्या ७ पुगेको छ । पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्सि दाहाल, टेबलटेनिसका श्यान्टू श्रेष्ठ र सुटिङकी सुस्मिता नेपालले पेरिस यात्रा पक्का गरिसकेका छन् ।श्यान्टु भने छनोट चरण पार गर्दै ओलम्पिकका लागि छनोट भएका हुन् भने बाँकी वाइल्ड कार्ड मार्फत सहभागिता जनाउन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्