सुनसरीको रिलायन्स स्पिनिङको आईपीओ स्वीकृत, भर्नलाई ४१ हजार रुपैयाँ चाहिने

<span class='c1'>सुनसरीको रिलायन्स स्पिनिङको आईपीओ स्वीकृत,</span> <span class='c2'>भर्नलाई ४१ हजार रुपैयाँ चाहिने</span>

रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ ।

कम्पनीले कुल ११ लाख ५५ हजार ९६० कित्ता सेयर प्रतिइकाइ ८२० रुपैयाँ ८० पैसाका दरले निष्कासन गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो । सर्वसाधारणका लागि कम्पनीले ९४ करोड ८८ लाख रुपैयाँभन्दा बढीको आईपीओ जारी गर्नेछ ।

बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता नवराज अधिकारीले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन कार्य रोक्नु नपर्ने देखिएकाले स्वीकृति दिइएको बताए ।

‘अंकित मूल्य १ सयमा सेयर जारी गर्न प्रतिसेयर नेटवर्थ कम्तीमा ९० रुपैयाँ हुनुपर्ने लगायत व्यवस्था गर्न लेखा समितिले भनेकाले यसबारे बोर्ड बैठकले नै निर्णय गर्नुपर्नेछ’ उनले भने ‘तर समितिले बुक बिल्डिङलाई प्राथमिकता दिन भनेकाले सबै प्रक्रिया पूरा गरेको यस कम्पनीलाई रोकिराख्नु जरूरी देखिएन ।’

बुक बिल्डिङ विधिबाट आउने आईपीओ कम्तीमा ५० कित्ता भर्नुपर्ने व्यवस्था छ । जसले गर्दा यस कम्पनीको आईपीओ प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले भर्नका लागि कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिन्छ । सो न्यूनतम रकम बैंक माैज्दात नभएमा भरेको आइपी‌ओ रद्द हुन जानेछ ।

संस्थागत लगानीकर्ताले नै माथिल्लो मूल्यसीमा प्रतिकित्ता ९१२ रुपैयाँका दरले आईपीओ किनेका छन् । जसले गर्दा सर्वसाधारणलाई त्यसको १० प्रतिशत कम अर्थात् प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा पर्ने भएको छ ।

सुनसरी जिल्लामा यस कम्पनीले धागो कारखाना सञ्चालन गर्दछ । सो धागो देशका विभिन्न कपडा उद्योगहरुलाई बिक्री गर्छ । कुल उत्पादनको करिब ६० प्रतिशत उत्पादन भारतमा खपत हुने गरेको कम्पनीले जनाएको छ । कम्पनीले केयर रेटिङ नेपालबाट ए माइनस रेटिङ पाएको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी जम्मा ०.९६ रुपैयाँ मात्रै छ, जुन वास्तविकता हो । तर कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९० पैसा रहने प्रक्षेपण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्