एसईईको नतिजा यसरी हेर्नुहोस ..

<span class='c1'>एसईईको नतिजा यसरी</span> <span class='c2'>हेर्नुहोस ..</span>

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । जसअनुसार १८६ जनाले ४ जीपीए ल्याएका छन् भने ४७.८६ प्रतिशत विद्यार्थीले मात्र कक्षा ११ मा पढ्न पाउने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार २०८० मा एसईई दिएकामध्ये ५२.१४ प्रतिशत विद्यार्थीहरू ननग्रेडेड भएका छन् । ननग्रेडेड भएका २ लाख ४२ हजार ९२ ले कक्षा ११ मा पढ्न नपाउने भएका छन् ।

त्यस्तै २२१ जनाको परीक्षा रद्द भएको छ । एसईईमा ४ लाख ६४ हजार ७८५ विद्यार्थी सहभागी भएका थिए ।

राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक भएको विवरण विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने जानकारी दिएको छ ।

बोर्डका अनुसार नेपाल टेलिकममार्फत एसएमएस र आईभीआर (१६०० सर्टकोड) मार्फत हेर्न सकिनेछ । यस्तै स्विफ्ट टेक्नोलोजीबाट ३४४५५, जानकी टेक्नोलोजीबाट ३५००१, इजी सर्भिसबाट ३४९४९ र आकाश टेकबाट ३१००३ एसएमएसमार्फत सर्टकोटहरू प्रयोग गरेर हेर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्