ग्रामथानमा १८ कर्मचारी तलब बिहीन

<span class='c1'>ग्रामथानमा १८ कर्मचारी</span> <span class='c2'>तलब बिहीन</span>

इन्दु साह
विराटनगर । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत दरबन्दी भन्दा बढी संख्या भएको भन्दै एकवर्षदेखि तलब नपठाएपछि मोरङको ग्रामथान गाउँपालिकामा १८ कर्मचारी तलब बिहीन बनेका छन् । ग्रामथान गाउँपालिकामा स्वास्थ्य सेवातर्फका १८ जना कर्मचारीले तलब नपाएका हुन्।

ग्रामथान गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद भट्टराईका अनुसार दरबन्दी भन्दा बढी संख्यामा रहेका कर्मचारीको तलब नआएको एक वर्ष भईसकेको छ । स्वास्थ्य विभागले गाउँपालिकामा दरबन्दी भन्दा बढी रहेका १८ कर्मचारीको तलव निकासा नगरेको हो । मन्त्रालयसँग यस विषयमा कुरा गर्दा असार १४ गते तलब पठाउने आश्वासन पाएको प्रशासकिय अधिकृत भट्टराईले बताए ।

दरबन्दी भन्दा बढि कर्मचारी राख्न नमिल्ने भन्दै स्वास्थ्य मन्त्रालयले समेत बारम्बार परिपत्र गर्दै आएको छ । तर, कर्मचारी समायोजन भएको बेला स्वीकृत दरबन्दी संख्या भन्दा बढी कर्मचारी थपिएको उनको भनाई छ । प्रकृति हेर्दा दरबन्दी भन्दा बढी कर्मचारी देखियो, मन्त्रालयले स्वीकृत संख्या भन्दा बढीको तलव पठाउन मानिरहेको छैन । ग्रामथान गाउँपालिकाले समेत पाँच पटकभन्दा बढी तलबको लागि पत्र पठाइसकेको छ । पालिकाका ४२ जनाको स्वीकृत दरबन्दी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्