धनपालथानबाट एक हजार ५ सय केजी गाँजा बरामद

<span class='c1'>धनपालथानबाट एक हजार ५</span> <span class='c2'>सय केजी गाँजा बरामद</span>

विराटनगर । मोरङको धनपालथानबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ र इलका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका – ७ राजकुमार सिंहको ग्वालीबाट एक हजार ५ सय केजी गाँजा बरामद गरेको हो ।

आज दिउँसो विशेष सूचनाको आधारमा सिंहको घरको ग्वालीमा प्रहरी टोलीले छापा मारेर ४९ बोरा गाँजा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए । बरामद गरेको गाँजासहित प्रहरीले सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । ठुलो परिमाणमा गाँजा बरामद गरेपछि मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की आफै घटना स्थल पुगेका छन् ।

एक महिना अगाडी सिंहको घरमा गाँजा भण्डारन गरेको बुझिएको छ । पहाडी जिल्ला धनकुटाबाट गाँजा ल्याएर राखेको हुनसक्ने भएको प्रहरीले कारोबारी समात्न लागि परेको छ । भारत तस्करी हुन लागेको गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्