एसिया-प्यासिफिक र सार्कले बालबालिकाका क्षेत्रमा सहकार्य गर्ने

<span class='c1'>एसिया-प्यासिफिक र सार्कले बालबालिकाका</span> <span class='c2'>क्षेत्रमा सहकार्य गर्ने</span>

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र एसिया प्यासिफिक जोइनिङ फोर्सेस (एजेएफ)ले सार्क क्षेत्रका बालबालिकाको अधिकार र कल्याणको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यहाँ आयोजित ‘सार्क क्षेत्रका बालबालिकाको अधिकार’ विषयक अन्तरक्रियामा सार्क र एजेएफले बालबालिका र युवाहरुको अधिकार र कल्याणका लागि विभिन्न विषयमा छलफल गर्दै उक्त प्रतिवद्धता जनाएका हुन् । बालबालिकाविरुद्धको हुने हिंसा, बाल विवाह, जलवायु परिवर्तनले बालबालिकामा पारेका असरलगायत विषयमा छलफल गरी बालबालिकाको अधिकार सुनिश्चित गरी विद्यमान चुनौती संयुक्तरुपमा समाधान गर्दै जानेमा सबै एकजुट भएको अन्तरक्रियामा सहभागी प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक राम किशनले बताउनुभयो ।

उहाँका अनुसार छलफलका क्रममा सार्क र एजेएफ दुवैले यस क्षेत्रका बालबालिका र युवाहरुको अधिकार, बालविवाहको अन्त्य, सचेतना अभिवृद्धिलगायत क्षेत्रमा एक साथ काम गर्ने ऐक्यबद्धता जनाएका छन् । “विश्वभर करिब ६५ करोड किशोरीहरु १८ वर्षको उमेर नपुग्दै बिबाह गर्ने गरेका छन्, यो सङ्ख्या दक्षिण र दक्षिणपूर्वी एसियामा सबैभन्दा धेरै रहेको तथ्याङ्क छ । दक्षिण एसियामा मात्रै कम उमेरमा विवाह गर्ने युवतीहरु ४५ प्रतिशतको हाराहारीमा छन्”, राष्ट्रिय निर्देशक किशनले भन्नुभयो ।

अफगानिस्तान, भुटान, बङ्गलादेश, भारत, नेपाल, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्कामा यो समस्या धेरै रहेको उहाँको भनाइ थियो । सो अवसरमा सेभ द चिल्ड्रेन, चाइल्डफन्ड इन्टरनेशनल श्रीलङ्का, एसओएस चिल्ड्रेन भिलेज नेपाल, टेरे डे होम्स नेदरल्यान्ड्स, टेरे डे होम्स जर्मनी, वर्ल्ड भिजन नेपाल, सीआरसी एसिया, प्लान इन्टरनेशनललगायत संस्थाका ४० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्