एनएमबी बैंक मधुमल्ला शाखाद्वारा विद्यालयलाई शैक्षिक सामग्री सहयोग

<span class='c1'>एनएमबी बैंक मधुमल्ला शाखाद्वारा</span> <span class='c2'>विद्यालयलाई शैक्षिक सामग्री सहयोग</span>

मधुमल्ला । मोरङको मिक्लाजुङमा रहेको एनएमबी बैंक मधुमल्ला शाखाले एक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ।

शुक्रबार एक कार्यक्रमका बीच मिक्लाजुङ गाउँपालीका-१ मा रहेको जनता आधारभुत विद्यालय साजबोटेलाई शैक्षिक सामग्री सहयोग गरेको हो। सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत पाँच थान ह्वाइट बोर्ड र मार्कर वितरण गरेको एनएमबी बैक मधुमल्लाका शाखा प्रमुख किशोर घिमीरेले बताए ।

मिक्लाजुङ गाउँपालीकाकै दुर्गम क्षेत्रमा पर्ने जनता आधारभुत विद्यालयलाई एनएमबी बैंकले सामाजिक उत्तर दायित्व अन्तरगत शैक्षिक सामग्री सहयोग गरेकोमा कार्यक्रमका प्रमुख अतिथी तथा मिक्लाजुङ गाउँपालीका अध्यक्ष बबिकुमार राईले बैंक परिवारलाई धन्यवाद ज्ञापन गरे।

कार्यक्रममा मिक्लाजुङ गाउँपालिका शिक्षा शाखा प्रमुख कांशीनाथ खनाल, वडा नं. १ का वडाध्यक्ष पर्वत राई र विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुवास राईको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्