गुटका कारण कम्युनिष्ट आन्दोलनलाई ठूलो धक्का लाग्यो : अध्यक्ष नेपाल

<span class='c1'>गुटका कारण कम्युनिष्ट आन्दोलनलाई ठूलो</span> <span class='c2'>धक्का लाग्यो : अध्यक्ष नेपाल</span>

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने संकल्पका साथ अगाडि बढेको बताएका छन् ।

शनिबार नेकपा एसले १० औँ राष्ट्रिय महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा गुटका कारण कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खाएको भन्दै अब एकताका साथ अगाडि बढ्ने बताए ।

उनले भने, ‘गुटबन्दी नहोस, नेताहरु मिलेर अगाडी बढ्नुहोस, गुटले धेरै ठूलो क्षति पु¥याएको छ । विगतमा पनि गुटले गर्दा कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खाएको थियो । त्यसैले आउँदो महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने संकल्पका साथ अगाडि बढेका छौ । यसको साथै कम खर्चमा सहज तरिकाले सम्पन्न हुने हिसाबले अगाडि बढेका छौ ।’ यसको साथै, उनले नेपालको राजनीति र कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद अत्यन्तै खतरनाक रुपमा देखा परेको भन्दै यस्तो प्रवृत्तिबाट पार्टीलाई जोगाउन र समाजवादको दिशामा अघि बढाउन आवश्यकता रहेको बताए ।
उनले भने, ‘जोसँग आँट र संकल्प छैन् त्यसले केही गर्न सक्दैँन् । यस अर्थमा हामीले नेपालको राजनीतिमा हाम्रो विशिष्ट स्थानलाई स्थापित गर्नुपर्ने आवश्यकता छ । अगाडि बढ्ने क्रममा कमि कमजोरीहरु हुन्छन् । त्यसलाई सुधार गर्नुपर्ने आवश्यकता पर्छ । यो नेपालको राजनीतिमा र कम्युनिष्ट आन्दोलनमा यो दक्षिणपन्ती अवसरवाद अत्यन्तै खतरनाक रुपमा देखा परेको छ । प्रवृत्तिबाट हाम्रो पार्टीलाई जोगाउनुपर्ने र समाजवादको दिशामा अघि बढाउनुपर्ने आवश्यकता छ ।’

नेकपा एस घटनाक्रमलाई निर्णायक मोड दिने, सक्रिय हस्तक्षेप गर्ने, नेपाली राजनीति दिशाबोध गर्ने क्षमता भएको पार्टी भन्दै यसले प्रत्येक चुनौतिको सफलताका साथ सामना गर्दै आएको पनि उनको भनाइ छ । उनले भने, ‘नेपाली समाजमा ठूल ठूला उथलपुथलहरु भएका छन् । प्रत्येक घटनामा अत्यन्तै महत्वपूर्ण अग्रगामी भूमिका खेलेका छौ । अगुवाई गरेका छौ । सहभागी मात्र होइन्, नेतृत्व गरेका छौ । नेकपा एकीकृत समाजवादी अन्यजस्तो साधारण पार्टीको रुपमा होइन, त्यतिकै घटना क्रममा सहभागी हुने पार्टी होईन् । घटनाक्रमलाई निर्णायक मोड दिने, सक्रिय हस्तक्षेप गर्ने, नेपाली राजनीति दिशाबोध गर्ने त्यो क्षमताको साथे पार्टी अगाडि बढ्दै आएको छ । प्रत्येक चुनौतिको सफलताका साथ सामना गरेका छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्