दक्षिण अफ्रिकालाई ७ रनले हराउदै भारतले आइसीसी टी-२० विश्वकप क्रिकेटको उपाधि जित्यो

<span class='c1'>दक्षिण अफ्रिकालाई ७ रनले हराउदै भारतले</span> <span class='c2'>आइसीसी टी-२० विश्वकप क्रिकेटको उपाधि जित्यो</span>

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ ।

गएराति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि टी–२० विश्वकपको उपाधि जितेको हो । यसअघि भारतले २००७ मा टी–२० विश्वकपको उपाधि जितेको थियो ।

भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६९ मात्र रन बनाउन सक्यो । उसका लागि हेनरिक क्लासेनले अर्धशतक प्रहार गरेपनि जितका लागि पर्याप्त भएन । क्लासेनले २७ बलमा ५२ रन बनाए ।

त्यस्तै, क्विन्टन डे ककले ३९ रन र ट्रिस्टन स्टब्सले ३१ रनको योगदान दिए । भारतका लागि हार्दिक पाण्ड्यले तीन विकेट लिए । तीन ओभर बलिङ गरेका उनले २० रन खर्चिए । त्यस्तै जसप्रित बुमराह र अर्शदीप सिंहले दुई÷दुई विकेट लिँदा अक्षर पटेलले एक विकेट झारे । यसअघि केन्सिङ्टन ओभल बार्बाडोस स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए । त्यस्तै, अक्षर पटेलले ४७, र शिवम दुवेले २७ रन बनाउँदा हार्दिक पाण्ड्या ५ रनमा नटआउट रहे ।

दक्षिण अफ्रिकाका लागि केशव महाराज र एन्रिच नोर्तेजले दुई÷दुई विकेट लिए । त्यस्तै कागिसो रवाडा र मार्को जेन्सेनले एक÷एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्