रोहित र विराटले लिए टी–२० आईबाट सन्यास

<span class='c1'>रोहित र विराटले लिए</span> <span class='c2'>टी–२० आईबाट सन्यास</span>

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यास लिएका छन् ।

शनिबार राति वेस्टइन्डिजमा भारतलाई १७ वर्ष पछि टी–२० विश्वकपको उपाधि दिलाएका कप्तान रोहितले सन्यासको घोषणा गरेका हुन् । त्यसअघि विराट कोहलीले पनि टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका थिए । भारतीय कप्तान रोहित शर्माले खेलपछिको प्रस्तुति कार्यक्रममा आफ्नो सन्यासको बारेमा केही भनेनन् । तर खेलपछि पत्रकार सम्मेलनमा रोहितले सन्यासको घोषणा गरेका थिए ।

विराट कोहलीले जस्तै उनले पनि यो टीम इण्डियाका लागि उनको अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेल भएको बताए । अर्थात् अब उनले टी–२० अन्तर्राष्ट्रियबाट सन्यास लिनेछन् । तर, रोहित र विराट दुवैले एकदिवसीय र टेस्टमा भारतका लागि खेल्ने छन् ।
पत्रकार सम्मेलनमा रोहित शर्माले विराट कोहलीको टी–२० अन्तर्राष्ट्रियबाट सन्यास लिएको प्रश्नमा भने, ‘यो मेरो पनि अन्तिम टी–२० अन्तर्राष्ट्रिय पनि थियो । यो ढाँचालाई अलविदा भन्नको लागि यो राम्रो समय हो । यो मैले चाहेको थियो, मलाई कप चाहिएको थियो र मैले यो पाएँ । यसबाहेक रोहितले यो ट्रफी राहुल द्रविडलाई समर्पण गरेको बताए ।

रोहित शर्मा हाल सबै टी २० विश्वकप खेल्ने एकमात्र भारतीय खेलाडी हुन् । उनी २००७ को टी–२० विश्वकपको टोलीमा थिए । त्यसपछि अब २०२४ मा उनको कप्तानीमा टोलीले यो प्रतियोगिता जितेको हो । रोहित शर्माले आफ्नो करियरमा कुल १५९ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् र ४२३१ रन बनाएका छन् । यो फर्म्याटमा उनको नाममा सर्वाधिक ५ शतकको कीर्तिमान पनि छ । रोहितले टी–२० अन्तर्राष्ट्रियमा कुल ३२ अर्धशतक पनि बनाएका छन् । अब उनले यही ऐतिहासिक कीर्तिमानसँगै आफ्नो यात्रा अन्त्य गर्ने निर्णय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्