जर्मनी युरोको क्वाटरफाइनलमा

<span class='c1'>जर्मनी युरोको</span> <span class='c2'>क्वाटरफाइनलमा</span>

काठमाडौं । आयोजक राष्ट्र जर्मनी युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको खेलमा डेनमार्कलाई २–० गोल अन्तरले पराजित गर्दै जर्मनीले अन्तिम ८ मा स्थान पक्का गरेको हो । जर्मनीको जीतमा केइ हार्भाटेज र जमाल मुसेएलाले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा जर्मनीले दुवै गोल दोस्रो हाफमा गरेको हो ।जर्मनीका डेभिड रौमले गरेको प्रहारमा डेनमार्ककका जाओचिम एन्डरसनले ह्यान्ड गरेको भारमार्फत निश्चित गर्दै पेनाल्टी दिइएको थियो । सोही पेनाल्टीलाई जर्मनीका केइ हार्भाटेजले गोलमा परिणत गर्दै अग्रता दिलाए । ६८ औं मिनेटमा जमाल मुसेएलाले गोल गरेपछि घरेलु टोली जर्मनी २–० को सहज अवस्थामा पुगको थियो । त्यसपछि थप गोल नभएपछि अन्ततः जर्मनी २–० को जितका साथ क्वाटरफाइनलमा स्थान पक्का गर्न सफल भयो ।

जर्मनीले क्वाटरफाइनलमा स्पेन वा जर्जियासँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्