लाली गुराँस सहकारीका अध्यक्षसहित चार जना सार्वजनिक

<span class='c1'>लाली गुराँस सहकारीका अध्यक्षसहित</span> <span class='c2'>चार जना सार्वजनिक</span>

काठमाडौं । प्रहरीले बचत कर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेको आरोपमा लाली गुराँस सहकारी संस्थाका अध्यक्षसहित चारजना पक्राउ गरेको छ ।

आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरुमा संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, सचिव तथा प्रमुख कार्यकारी अधिकृतसुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृत कुमार अर्याल र सदस्य कदम बाबा जोशी प्रधान रहेका छन् । उनीहरुमाथि पुल्चोकमा लाली गुराँस सहकारी संस्था खोली सर्वसाधारण मानिसहरूलाई आकर्षक ब्याज दिने विश्वास दिलाई संचालकहरूलाई लाभ र बचतकर्तालाई हानी पुर्याइ बचत कर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेको आरोप छ ।

प्रहरीले थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्