भेनेजुएला कोपा अमेरिकाको अन्तिम ८ मा

<span class='c1'>भेनेजुएला कोपा अमेरिकाको</span> <span class='c2'>अन्तिम ८ मा</span>

काठमाडौं । भेनेजुएला कोपा अमेरिकाको समूह चरणमा शतप्रतिशत जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा सोमबार विहान जमैकामाथि ३–० को सहज जित दर्ता गरेको हो ।

टेक्ससमा भएको खेलमा भेनेजुएलाले पहिलो हाफ गोलरहित बरबारी खेले पनि दोस्रो हाफमा ३ गोल गरेको थियो । भेनेजुएलालाई एडवार्ड बेलोले ४९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ४६ औं मिनेटमा जोस सालमोनले अग्रता दोब्बर बनाए । ८५ औं मिनेटमा एरिक रेमिरेजले गोल गरेपछि भेनेजुएला ३–०को सहज जितका साथ अन्तिम ८मा पुग्न सफल भयो । जमैका भने समूह चरणका सबै खेलमा हार व्यहोरेर बाहिरिएको छ । यही समूह बीमा रहेका इक्वेडर र मेक्सिोको बराबरी खेले । बराबरीले इक्वेडरलाई अन्तिम ८ मा स्थान पक्का गराउँदा मेक्सिो भने प्रतियोगिताबाट बाहिरिएको छ । दुवै टिमको समान चार चार अंक भए पनि गोल अन्तरका आधारमा इक्वेडर अन्तिम आठमा प्रवेश गरेको हो ।

क्वाटरफाइनलमा भेनेजुएलालले क्यानडासँग खेल्दा इक्वेडरले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्