गिरिबन्धु टी-स्टेटको जग्गा अझै कब्जा गर्ने तयारी हुँदैछ : सासंद शाही

<span class='c1'>गिरिबन्धु टी-स्टेटको जग्गा अझै कब्जा गर्ने</span> <span class='c2'>तयारी हुँदैछ : सासंद शाही</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सासंद ज्ञानेन्द्र बहादुर शाहीलेकेही नेपाल ऐनलाई शंसोधन गर्न बनेको विधेयक अध्यादेशको नाममा गिरिबन्धु टि-स्टेटको जग्गा बेचेर अझै खाने दाउसहितको अध्यादेश ल्याएको आरोप लगाएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भूमि सुधार ऐनको दफा १२ लाई शंसोधन गरेर गिरिबन्धु टि-स्टेटको जग्गा कब्जा गर्ने नीतिका साथ सदनबाट पारित गर्ने भनेर रणनीति बनिरहेको बताए ।

उनले भने,‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई शंसोधन गर्न बनेको विधेयकको अध्यादेश आयो भनेको त गिरिबन्धु टि-स्टेटको जग्गा बेचेर अझै खाने अध्यादेश आएछ । अगाडिबाट कान समात्नु र पछाडिबाट कान समात्नु उस्तै हो । भूमि सुधार ऐनको दफा १२ लाई शंसोधन गरी गिरिबन्धु टि-स्टेटको जग्गा कब्जा गर्ने नीतिका साथ यही सदनबाट पारित गर्ने भनेर नीति बनिरहेको छ ।’

उनले स्थानीय तहमा अब दलबिहीनको राजनीति आवश्यक रहेको पनि बताए । उनले भने,स्थानीय तहमा अब दलबिहीनको राजनीति आवश्यक छ । हाम्रो छिमेकी मूलुकदेखि बिभिन्न देशहरुमा स्थानीय तहमा दलबिहीन कै राजनीति हुने गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्