पाकिस्तान र इरानबाट करिब एक लाख १५ हजार अफगानी शरणार्थी स्वदेश फिर्ता

<span class='c1'>पाकिस्तान र इरानबाट करिब एक लाख</span> <span class='c2'>१५ हजार अफगानी शरणार्थी स्वदेश फिर्ता</span>

काबुल (अफगानीस्तान) । गत एक महिनामा करिब एक लाख १५ हजार अफगानी शरणार्थी छिमेकी देश पाकिस्तान र इरानबाट स्वदेश फर्केका छन् ।

अफगानी नागरिक पाकिस्तान र इरानबाट स्वदेश फर्केको स्थानीय मिडिया टोलो न्यूज च्यानलले मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीलाई उद्धृत गर्दै जनाएको छ । हक्कानीले फर्केका मानिसहरूलाई नगद र खाना वितरण गरिएको बताउनुभएको छ ।

रिपोर्टका अनुसार २.५ मिलियनभन्दा बढी अफगानी शरणार्थीहरू पाकिस्तानमा बसिरहेका छन् भने लगभग समान सङ्ख्या इरानमा पनि छन् ।

अफगान कार्यवाहक सरकारले विदेशमा रहेका अफगान आप्रवासीहरूलाई घर फर्कन र आफ्नो युद्धग्रस्त देशको पुनर्निर्माणमा योगदान गर्न आग्रह गर्दै आएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्