स्थानीय तह बलियो हुनुपर्छ :मुख्यमन्त्री कार्की

<span class='c1'>स्थानीय तह बलियो</span> <span class='c2'>हुनुपर्छ :मुख्यमन्त्री कार्की</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्र र प्रदेशभन्दा जनताको सेवा प्रवाहमा बढी भुमिका स्थानीय तहको हुनेभएकाले यसलाई थप सक्षम र बलियो बनाउनुपर्ने बचाएका छन् ।

प्रदेश अनुसन्धान तथा प्रशिक्षाण प्रतिष्ठानको आयोजनामा मंगलबारदेखि विराटनगरमा सुरु भएको न्यायिक समितिको तिन दिने  कार्यशालाको उद्घाटन गर्दै उनले स्थानीय तह जति धेरै सक्षम भयो जनताले उति नै बढी सेवा प्राप्त गर्ने बताएका हुन् ।

स्थानीय तहसंग साधन स्रोतको पनि अभाव रहेको बताउँदै उहाले यस्तो अभावको अवस्थामा पनि जनतालाई सेवा दिन तत्पर स्थानिय तहलाई सक्षम बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  जनताको सेवा प्रवाहमा प्रत्यक्ष भुमिका खेल्ने स्थानिय तहलाई थप बलियो बनाउन प्रदेश सरकार तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्दै उनले स्थानीय तह जति सक्षम र बलियो भयो त्यति नै प्रदेश सरकारपनि बलियो हुने तर्क गरेका छन् ।‘प्रदेशमा धेरै सेवा दिने ठाउँहरु छैनन् जनतालाई प्रत्यक्ष सेवा दिने थलो स्थानिय तह नै हो,’ उनले भने, ‘त्यसैले जतिधेरै स्थानीय तह सक्षम भयो उति नै जनताले बढी सेवा पाउँछन ।’

जनतालाई न्याय दिने कुरा चानचुने नभएको उल्लेख गर्दै उहाले कुनै एउटा राजनितिक दलको चिन्हबाट निर्वाचन जितेर बायस नभइ न्याय दिनसक्नु ठुलो चुनौतीपुर्ण काम भएको बताएका छन्। ´न्यायिक मनले वास्तविक पिडितलाई न्याय दिन सक्नुभयो भने तपाई वास्तविक जिवनमा सफल बन्नुहुनेछ ।’कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले न्याय सम्पादन गर्ने काम अत्यन्तै चुनौतिपुर्ण रहेको बताएका छन् । जनताका कुरा सुनेर न्याय दिनु ठुलो जिम्मेवारी भएकाले स्थानिय तहका प्रमुखहरुले अधिकार दिएनन भनेर गुनासो गर्नुभन्दा भएको संवैधानिक र कानुनी अधिकारको सदुपयोग गर्ने क्षमताको विकास गर्न उनले उपप्रमुखहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा कोशी प्रदेशको १४ वटै जिल्लाका स्थानिय तहका उपप्रमुखहरुको सहभागिता रहेको छ । कार्यशालामा न्याय सम्पादनमा देखिएका सामाजिक र राजनितिक समस्या तथा चुनौती, कोशी प्रदेशका स्थानिय तहको  न्याय सम्पादनको अवस्था, उपप्रमुख तथा उपाध्यक्षहरुले न्यायिक सम्पादन प्रक्रियामा भोगेका समस्या र चुनौती  लगायतका विषयमा छलफल गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्