विराटनगरमा ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल’ सुरु

<span class='c1'>विराटनगरमा ‘क्यानडा नेपाल माउन्टेन</span> <span class='c2'>फिल्म फेस्टिभल’ सुरु</span>

विराटनगर । चलचित्र निर्देशक समाजको प्रस्तुतिमा कोशी प्रदेशको राजधानी विराटनगरमा आजबाट ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल–२०२४’ सुरु भएको छ ।

नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशको आयोजनामा विराटनगरको तीनपैनीस्थित सिटी सिनेमा हलमा मंगलबारबाट ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल–२०२४’ सुरु भएको हो ।

नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको उद्धघाटन पर्यटन, वन तथा वाताबरण मन्त्रालय कोशी प्रदेशका पर्यटन मन्त्री नारायण मगरले गरेका थिए । हिमाल, पर्यटन र कलासंस्कृतिसँग नजिक रहेका चलचित्र फेस्टिभलको प्राथमिकतामा राखेर २ दिने फिल्म फेस्टिभल सुरु गरिएको नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए ।

कोशी प्रदेशलाई छुटै चलचित्र नगरी बनाउनको लागि चलचित्र सम्बन्धी विविध गतिविधीलाई अगाडी बढाउने क्रममा पुन कोशी प्रदेशमा दुई दिने फेस्टिभल गरिएको प्रधानले कार्यक्रममा जानकारी गराए । यस अघि कोशी प्रदेश सरकारको सहयोगमा साप्ताव्यापी चलचित्र महोत्सव भव्यताका साथ सम्पन्न गरिएको समेत स्मरण गराए । चलचित्र निर्देशक समाजको प्रस्तुतिमा २०७९ र २०८० सालमा निर्माण भएका चलचित्र, छोटा चलचित्र र वृत्तचित्र फेस्टिभलमा सहभागिता जनाएका थिए ।

विभिन्न राष्ट्रिय स्तरका कलाकर्मीहरुको समेत सहभागितामा चलचित्र प्रदर्शन, चलचित्रको संवाद लगायत विभिन्न सम्मान कार्यक्रम गरि दुई दिने फेस्टिभल समापन गरिने आयोजकले जनाएको छ । चलचित्र विकास बोर्डको सहकार्य रहेको फेस्टिभलमा क्यानाडाको किङडम इन्टरनेशनल र डब्लुसिसिएन सहयोगी संस्थाको रूपमा रहेका छन् ।

कार्यक्रममा अन्तराष्ट्रिय नेपाली कलाकार समाज नेपालका अध्यक्ष दयाराम पाण्डे, बरिष्ठ निर्देशक तथा ईनास नेपाल च्याप्टरका उपाध्यक्ष ऋषी लामिछाने, चलचित्र विकास बोर्ड आदिवासी , जनजाती ,मातृभाषा प्रवद्धधन समिति संयोजन ज्यातिराज राई, निर्माता संघ कोशी प्रदेशका अध्यक्ष चिरिन्जीवी बस्नेत लगायत निर्माता, निदेर्शक , कलाकार, सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । २ दिने ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल–२०२४ भोली असार १९ गते समापन विविध कार्यक्रम गरी समापन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्