विराटनगरमा पाइन्छ हर्रोबर्रो, आउँछ दिल्लीबाट

<span class='c1'>विराटनगरमा पाइन्छ हर्रोबर्रो,</span> <span class='c2'>आउँछ दिल्लीबाट</span>

इशु पन्त
विराटनगर । विराटनगरमा बिक्री हुने जडीबुटी दिल्लीबाट आउने गरेको छ । विराटनगरमा एकसय बढी प्रकारका अप्रशोधित जडिबुटी सहजै भेट्न सकिन्छ । तर, यसरी प्राकृतिक स्वरुपमै पाइने जडिबुटी भने भारतको दिल्लीबाट आउने गरेको व्यवसायीहरु बताउँछन् ।

विराटनगरमा हर्रोबर्रो, अमला, चिराइतो, बोजो, टिमुर, रिठ्ठा, जेठी मधु, सानो हर्रो,चिया सीड, पुम्पकिन सीड, जट्टामसी,  तालमखाना, अर्जुन छाल, इन्द्र जौ जस्ता बहुउपयोगी जडीबुटी विराटनगरमा पाइन्छ । नेपालबाट बोझो, टिमुर, पाखनवेद मात्र आऊने गरेको छ। बाँकी सबै जडिबुटीहरू भारतबाट आयत हुने गरेको व्यापारी कृष्ण साहले जानकारी दिए ।

साहले पुरानो गुद्री विराटनगर–९ मा जडिबुटी कारोबार गर्दै आएका छन् । साना–साना वस्तु समेत यहाँ पाइन्छ । नेपालमा उत्पादन हुने पनि प्राय जडिबुटी यहाँ पाउने गरिन्छ । नेपालका जंगलमा फलेको जडीबुटीमा छिटो किरा लाग्ने गरेको उनी बताउँछन् । तर, भारतबाट आयात हुने जडिबुटी बढी टिकाउ हुने गरेको साह बताउँछन् ।

व्यापारीहरूले बताएका छन् कि विराटनगरको बजारमा दिल्लीबाट आउने जडिबुटीहरूको माग बढ्दो छ। नेपालमा पाइने जडिबुटी विशेष गरी हर्रोबर्रो किरा लागेको हुने हुँदा बिक्री नभएको कारण बाहिरबाट आयत हुने गरेको बताउँछन्। यी जडिबुटीहरू विभिन्न स्वास्थ्यलाभका लागि प्रयोग हुँदा यसको बजारमा बढी माग छ ।

पहिले यसरी दबाइ खाने चलन नहुँदा, बुढापाकाले हर्रोबर्रो खाए खोकी निको हुने भन्ने विश्वास थियो। सुनसरीको रामधुनी जंगलमा पनि हर्रोबर्रो, भलायो पाइन्थ्यो । जंगलमा साथीसाथी मेलापात गर्न जाँदा हर्रोबर्रो खाएको रिता सुवेदी बताउँछिन्। अहिले भने हर्रोबर्रोको रुख पनि मासिँदै गएर कम नै देखिन थालेको छ। अहिले आएर बढी औषधीको निर्भरता बढ्दै गएकाले यस्ता जडिबुटिको महत्त्व पनि हराउँदै गएको छ।

नेपालमा जडीबुटी उत्पादनमा विभिन्न समस्याहरू छन्। आधुनिक खेती प्रविधिको कमी, र स्थानीय सरकारको कृषिमा चासो नभएको कारण किसानहरू पर्याप्त जडिबुटी उत्पादन गर्न सक्षम छैनन् । यसले गर्दा स्थानीय बजारमा नेपाली जडिबुटीको अभाव हुन गएको हो । नेपालमा उत्पादन हुने जडिबुटीहरूको मात्रा पर्याप्त नभएकाले भारतबाट आयातमा निर्भर रहनु परेको हो। विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालले विरगञ्ज भन्सारबाट जडिबुटी भित्रने गरेको हुनसक्ने बताए । तर, विराटनगर भन्सार कार्यालयबाट जडिबुटी आयात भएको तथ्यांक छैन । व्यवसायीले जडीबुटी फारबिसगञ्जसम्म ल्याएर क्यारिङमा भित्र्याउँछन् की भन्ने आशंका समेत भन्सार अधिकारीहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्