कोपा अमेरिका फुटबल : ब्राजिल क्वाटरफाइनलमा

<span class='c1'>कोपा अमेरिका फुटबल</span> <span class='c2'>: ब्राजिल क्वाटरफाइनलमा</span>

काठमाडौं । कोपा अमेरिका फुटबलमा ब्राजिल दोस्रो स्थानमा रहँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार बिहान भएको खेलमा कोलम्बियासँग एक–एक गोलको बराबरी खेल्दै ब्राजिल दोस्रो स्थानमा रहँदै क्वाटरफाइनल प्रवेश गरेको हो ।

कोलम्बिया भने शीर्ष स्थानमा रहँदै क्वाटरफाइनल पुगेको छ । क्यालिफोर्नियामा भएको खेलमा ब्राजिलले राफिन्हाको गोलमार्फत १२ औं मिनेटमा अग्रता लिएको थियो । तर, पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा कोलम्बियाका डेनियल मुनोजले गोल गर्दै खेल एक एकको बराबरीमा ल्याए ।
सोही बराबरी अन्तिमसम्म कायम रहँदा दुवै टिम क्वाटरफाइनलमा पुग्न सफल भयो ।

कोलम्बियाले ३ खेलबाट ७ अंक बनाउँदा ब्राजिलले समान खेलबाट ५ अंक बनायो । समूह चरणको अन्तिम खेलमा जित निकाल्दै तालिकामा ४ अंक बनाएको कोष्टारिका र सबै खेलमा पराजित भएको पाराग्वे भने प्रतियोगिताबाट बाहिरिएका छन् । बुधबारको खेलसँगै कोपाको क्वाटरफाइनल समिकरण पनि पूरा भएको छ । अब शुक्रबारबाट सुरुहुने क्वाटरफाइनलमा अर्जेन्टिना र इक्वेडर भिड्दा भेनेजुएला र क्यानडा शनिबार विहान खेल्ने छन् ।

यसैगरी आइतबार कोलम्बिया र पानामा आमने सामने हुँदा सोही दिन उरुग्वे र ब्राजिल भिड्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्