विराटनगरमा विद्यालय आसपास चिया–चुरोट अड्डा

<span class='c1'>विराटनगरमा विद्यालय आसपास</span> <span class='c2'>चिया–चुरोट अड्डा</span>

इन्दु साह
विराटनगर ।
विराटनगर महानगरपालिकाले सार्वजानिक स्थानमा सुर्तीजन्य वस्तुको बिक्री वितरण र सेवनमा नियन्त्रण गर्ने प्रयास सफल भएन । यसको प्रभाव विद्यालय पेरीफेरीका सबै खाले पसलहरुमा पुनः सुर्तीजन्य वस्तुको बिक्री खुल्ला रुपमा हुने कुरामा प¥यो ।

विराटनगर महानगरपालिकाका अधिकांश विद्यालयको आसपास चिया–नास्ता पसलमा सुर्तीजन्य वस्तुको बिक्री वितरण हुँदा त्यसको प्रभाव नकारात्मक रुपमा परेको प्राचार्यहरुको गुनासो छ । विद्यालय अगाडी चिया–चुरोट अड्डा खुलेपछि शिक्षकहरुले टिफिनको समयमा ‘चियो’ गर्नुपर्ने भएको हो ।
‘विद्यार्थी संख्या बढ्दै गएको छ, चिया–चुरोटको अड्डामा लगानी गरेर आकर्षक बनाउने होडबाजी चलिरहेको छ’ पोखरीया मा.वि.का प्राचार्य खेमराज भट्टराईले भने–खोल्नै नपाउने ठाउँमा चिया–चुरोटको अड्डा झन् आधुनिक तरिकारले खोलिरहेको देख्छु ।

साार्वजानिक स्थलको एकसय मिटर पेरीफेरीमा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ ले समेत निषेध गरेको छ । विद्यालय आसपास चिया–चुरोट अड्डा खोल्ने अनुमति त झन् दिनै नमिल्नुपर्ने प्राचार्यहरु बताउँछन् ।

स्थानीय सरकारसँग विद्यालय प्रशासनले बारम्बार गुनासो समेत गर्दै आएका छन् । तर, प्रभावकारी कदम नचाल्दा त्यसको असर विद्यालयको वातावरणमा परिरहेको उनीहरुको गुनासो छ । स्थानीय सरकारले छड्के निगरानी गरेर विद्यालय आसपासका चिया–चुरोट अड्डालाई लगाम लगाउनु पर्ने उनीहरुको भनाई छ । किराना पसलले समेत सुर्तीजन्य वस्तु बिक्री गरिदिदा विद्यालय परिसरमा प्लाष्टिकजन्य फोहोरको जोखिम बढिरहको प्राचार्य भट्टराईको भनाई छ ।

विद्यार्थीसँग विद्यालयका शिक्षक मात्रै नभई आफ्नै साथी समेत वाक्क हुने गरेका छन् । जसका आधारमा महानगरपालिकामा कुनै र कुनै रुपमा गुनासोहरु पुग्ने गरेका छन् । तर, पनि नियमन नहुँदा विद्यार्थीले आफ्नो लत बढाउँदै लगिरहेका छन् भने शिक्षकहरुलाई त्यसको दोष थपिदोँ रहेको छ ।
विराटनगरको आदर्श माध्यमिक विद्यालयका प्राचार्य सन्तोष पोखरेलका अनुसार व्यापारीले अटेरी गरेर विद्यार्थीलाई सुर्तीजन्य वस्तुको बिक्री वितरण भइरहको बताए । आदर्शले आफैंले भाडा लगाएको सटरहरुमा समेत व्यापारीले सुर्तीजन्य वस्तुको खुलेआम बिक्री वितरण गरिरहेको बताए ।

‘हामीले भन्दा टेर्दैन, महानगरपालिकाले आएर हेर्दैन’ प्राचार्य पोखरेलले सबै किसिमका विद्यार्थी आउने विद्यालयमा शिक्षकले मात्रै नियन्त्रण सम्भव भईरहेको छैन । सुर्तीजन्य वस्तुको बिक्री नै विद्यालय क्षेत्रबाट रोक्नुपर्ने उनको भनाई छ । उनले महानगरपालिकासँग सहयोग मागे पनि त्यसको सम्बोधन कसरी भयो भन्ने अहिलेसम्म जानकारी नभएको बताए ।

यस विषयमा महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखामा कुनै गुनासो नआएको प्रमुख कृष्ण भट्टराईले दावी गरेका गरेका छन् । उनले विद्यालयको १०० मिटर आसपासमा सुर्तीजन्य वस्तुको बिक्री वितरण गर्न नपाउने बताए । यता महानगर प्रहरी निरीक्षक राजन पौडेलले भने केहि गुनासाहरु आएकोले केहि नकेहि पल गरिने बताए ।

सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को दफा ११ मा १८ वर्ष नपुगेको व्यक्तिलाई सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न नपाईने भनि उल्लेख गरेको छ । यसरी विद्यालय आसपासमा सुर्तिजन्य वस्तु बिक्री गरेको पाइएमा यस ऐन दफा १७ को उपदफा ५ को (घ) बमोजिम १० हजार रुपैयाँसम्म जरीवाना लाग्ने प्रावधान उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्