विराटनगरका पाँच पर्यटन पूर्वाधार

<span class='c1'>विराटनगरका पाँच</span> <span class='c2'>पर्यटन पूर्वाधार</span>

विराट राजाको दरबार क्षेत्रदेखि पूर्वप्रधानमन्त्री पार्कसम्म
विराटनगर । विराटनगर महानगरपालिकाले नगर क्षेत्रका पाँच पूर्वाधारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिरहेको छ । महानगरपालिकामा घुम्न जाने कुनै निश्चित ठाउँ छैन । तर, पछिल्लो समय महानगरपालिकाले दक्षिण क्षेत्रमा विराट राजाको दरबार क्षेत्रको संरक्षण र सौन्दर्यकरणको काम गरेको छ । त्यस बाहेक विराट राजा कालिन दुई पोखरी रानी र मण्ठा संरक्षणका लागि आवश्यक संरचनाको काम धमाधम गरिरहेको छ । विराटनगर–७ मा प्रधानमन्त्री पार्क र विराटनगर–२ मा सन्ध्याकालिन आरतीस्थल निर्माणको कामलाई पर्यटन पूर्वाधारको हिसाबले प्राथमिकतामा राखेको हो ।

विराटनगर–१८ बिराटराजा दरबार क्षेत्र परिसरमा ७० लाखमा सुन्दर पोखरी निर्माण भईसकेको छ । ऐतिहासिक र पुरतात्विक हिसाबले अध्ययन गर्न चाहनेहरुको लागि बिराट राजाको दरबार क्षेत्र घुम्नै पर्ने स्थानमा पर्दछ । त्यस बाहेक यस क्षेत्रमा सुन्दर पोखरी निर्माण गरिएको छ । स्थानीय बोलिचालीमा धरहवा पोखरी भनिएपनि त्यसलाई महानगरपालिकाले विराट माई पोखरी नामाकरण गरेर धार्मिक पर्यटकको गन्तव्यको रुपमा विकास गर्ने योजना राखेको छ । जुन पोखरीमा बिराट राजाले नुहाउने गर्दथे भन्ने मान्यता छ ।

यसैगरी विराटनगर–१४ का दुई पोखरीको संरक्षणको काम समेत महानगरपालिकाले अहिले धमाधम अगाडी बढाएको छ । विराटराजा कालिन मण्ठा र रानी पोखरीलाई पुर्नजिवन दिने योजना अनुसार निर्माणको काम गरिएको हो । विराटनगर–१४ को मण्ठा पोखरी र त्यसबाट ५०० मिटर पूर्वको रानी पोखरीको निर्माणलाई समेत महानगरपालिकाले प्राथमिकतामा छ ।
मण्ठाले अढाई बिघा क्षेत्रफल चर्चेको छ । जहाँ शिव, पार्वतीको मन्दिर, नाग मन्दिर छ । यहाँ शिवरात्री र छठमा विशेष पुजाआजा हुने गरेको छ । मण्ठा पोखरीको जल निकालेर साउन महिनामा शिवलिङमा चढाउने प्रचलन रहेको छ । पोखरीको फैलावट १५ कठ्ठा जमिनमा रहेको छ । पोखरीको दक्षिणतर्फ बजरंगबली, पूर्वमा दुर्गा मन्दिर र सम्सानघाट रहेको छ । मण्ठा पोखरी ग्रीनपार्कमा कवोल गरेको सात करोड ३७ लाख लाख ७९ हजार ५७४ (मूल्यअभिबृद्धि कर र प्रोभिजननल सम समेत) सम्झौता भएको हो । २०७९ माघ देखि सुरु भएको दुवै पोखरी निर्माणको काम २०८१ माघ ३० सम्ममा सक्नुपर्नेछ ।

मण्ठाको पाँचसय मिटर पूर्वमा दुई बिघा क्षेत्रफलमा फैलिएको रानी पोखरीका समेत मर्मत भईरहेको छ । यहाँ सन्सारीमाईको मन्दिरसहित आकर्षण रहेको छ । विराट राजा कालिन सभ्यतासँग जोडिएको रानी पोखरी ग्रीनपार्क निर्माण गर्न विराटनगरको कला विल्डर्सले कवोल गरेको छ करोड १६ लाख ६१ हजार ७६ (मूल्य अभिबृद्धि कर र प्रोभिजनल सम) समेत छ ।
यसैगरी विराटनगर–२ को सिंघिया तटमा सन्ध्या आरतीस्थल निर्माण गर्न तीन करोड ५० लाख ९३ हजारको पूर्वाधार निर्माण हुँदै आएको छ । आरतीस्थल विराटनगर–२ स्थित हनुमान मन्दिरनजिकै सिंघिया घाटमा निर्माण प्रक्रियामा रहेको हो । यो आरतीस्थलमा धार्मिक आस्थावान् पर्यटकहरुलाई साँझमा जम्मा हुने अवसर जुटाउने योजना अनुसार विकास गरिने भएको छ ।

यसैगरी विराटनगर–७ मा ढेड किलोमिटर दुरीमा प्रधानमन्त्री पार्क निर्माणका लागि विराटनगर महानगरपालिकाको आन्तरिक स्रोतबाट १७ करोड १३ लाख ४८ हजार ८४ रुपिँया ६६ पैसा (भ्याट र पिएस समेत) लागतमा पार्क निर्माणको काम धमाधम भईरहेको छ । खुम्बु निर्माण सेवा प्रा.लि.सँग २०७९ असोजमा सम्झौता भए अनुसार २०८२ असोजसम्ममा निर्माण सम्पन्न हुनुपर्ने अवधी रहेको छ । विराटनगर जन्मघर भएका पूर्व प्रधानमन्त्रीहरुको नाममा निर्माण भईरहेको पार्क समेत घुम्नका लागि जानैपर्ने स्थानको रुपमा विकास गर्न लागिएको हो ।
महानगरपालिका प्रशासन शाखा प्रमुख अर्जुन थपलियाले प्राथमिकीकरण गरेर निर्माण भईरहेका पर्यटन पूर्वाधारको काम सम्पन्न भईसक्दा महानगरपालिका भित्र घुम्न जाने ठाउँ तय हुने बताएका छन् । उनले अहिले भईरहेका काम बाहेक समेत महत्वका आधारमा अन्य क्षेत्रको पहिचान भईरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्