राजश्री सेविंग्स को–अपरेटिभ विराटनगरको बद्मासी : एउटाको धितोमा अर्कैलाई ऋण जारी

<span class='c1'>राजश्री सेविंग्स को–अपरेटिभ विराटनगरको बद्मासी :</span> <span class='c2'>एउटाको धितोमा अर्कैलाई ऋण जारी</span>

विराटनगर । विराटनगर रंगेली रोडस्थित राजश्री सेविंग्स एण्ड क्रेडिट को–आँपरेटिभ सोसाइटी लि. सेवा कार्यालयले ऋणीलाई हस्ताक्षर गराउँदै अर्कोको नाममा पैसा ट्रान्सफर गराउने गरेको खुलेको छ । २०७५ सालमा सुनसरीको दुहबी नगरपालिका–९ छाताबेलीकी दुखनी खातुनको चेकमा औंठा छापा गराएर अर्को व्यक्तिको नाममा पैसा जारी गरेको खुलेको हो । त्यस्तै घटना पुनः दोस्रो पटक उहि व्यक्तिमाथि गरेपछि मात्रै सहकारीका सञ्चालकले बद्मासी गरेको बाहिर आएको हो ।

दुखनीका चारजना छोराहरु मो.फिरोज आलम, मो.मोजाइल मियाँ, अप्रोज मियाँ र रोजित आलम छन् । उनीहरुको नाममा अढाई कठ्ठा जग्गा छ । २०७५ सालमा २ लाख ५० हजार रुपैँया ऋण चाहिएपछि जग्गा धितो राखियो । तर, दुखनी देवीको नाममा दुईवटा चेक बनाएर औंठा छाप गराइयो । सहकारीले खडा गरेको व्यक्तिमार्फत पैसा निकासा प्रक्रिया मिलाउँदा निरक्षर दुखनीलाई दुईवटा चेकमा औंठा छाप लगाएर थप ७ लाख ५० हजार रुपैँया समेत निकालियो ।

जसमा दुईलाख ५० हजार र ७ लाख ५० हजार थियो । दुईलाख ५० हजार ऋण दुखनीको परिवारले चलायो । बाँकी सातलाख ५० हजार रुपैँया राजश्री भित्रैका कर्मचारीको मिलेमतोमा मधुवनका इन्द्रनारायण मण्डलले आफ्नो नाममा चेक जारी गराएका थिए । मण्डल सहकारीका सञ्चालक बैजनाथ साहका खास मान्छे थिए ।
दुखनीको नामको जग्गा धितोमा इन्द्रनारायण मण्डलले पैसा लगेपछि उनी फरार भएका थिए । त्यो कुरा जग्गा धितो राख्नेहरुले थाहा पाएपछि कुनैपनि ऋण तिर्न चाहेनन् । ‘हामीमाथि फल्ड भएको थाहा पाएपछि ऋण तिर्न छोड्यौं’ पीडित परिवारका फिरोजले भने–पाँचवर्षसम्म खेपेर बस्दा जग्गा लिलामी प्रक्रियाका लागि सूचना निकालेको थियो । तर, यतिकैमा दुखनीको नाममा जग्गा राखेर राजश्रीले पैसा लगानी गरेका इन्द्रनारायण मण्डल फेला पारिए । त्यसपछि उनलाई पैसा बुझाउन लगाइयो । मण्डलले २०८० साल असार १ गते दशलाख ऋणको २३ लाख ५२ हजार ८८९ रुपैँया भुक्तानी गरे । दुखनीको नाममा भएको ऋण र शेयरको चुक्ता भएको भौचर राजश्रीले दियो ।

यहाँनेर सहकारीले अर्को ‘लुप होल’ खडा गरेको छ । जसले पुनः दुखनीको जग्गामा ऋण जारी गरेर चलाउन सकियोस् भन्ने मनसाय अभिप्रेरित देखिन्छ । मण्डल राजश्रीको अन्य शाखामा काम गरेर पाँचवर्षपछि गाउँ फर्केपछि पीडित परिवारले उनलाई भेटे । भेटेपछि मण्डलका कारण जग्गा लिलामीमा गएको भन्ने पीडित परिवारको दावी अनुसार उनले दश लाख रुपैंयाकै साँवा र ब्याज भुक्तानी गरेका थिए । तर, सहकारीले आफ्नै नाममा भौचर बनाएको देखिन्छ । भुक्तानी गर्ने व्यक्तिको नाम राजश्री, भुक्तानी गर्ने व्यक्ति बिष्णुकुमार शर्मा र ऋण भुक्तान गरिएकोमा दुखनी खातुन भन्ने व्यवहोरा उल्लेख गरियो । उक्त पैसा फस्र्यौट गरेको भौचर ऋणीलाई भने दिइएन ।

ऋण भुक्तान भएपछिमख्ख परेका दुखनीका जेठा छोरा मो.मोजाइल मियाँलाई २०८० साल असार १८ गते पुनः सहकारीबाट फोन गयो–‘मण्डलले दशलाख मात्रै भुक्तानी गरेका हुन्, बाँकी १३ लाख नबुझाए जग्गा लिलामी हुन्छ !’ सहकारीले मण्डलले दश लाख ऋण बुझाएर भागेको भन्ने कुरा पीडित परिवारलाई भनेको थियो । त्यसपछि बारम्बार टर्चर भोग्नु परेपछि मोजाइलले ३ लाख ७५ हजार रुपैँया सहकारीमा बुझाए । राजश्रीले उक्त पैसा मोजाइलको खातामा धरौटीको रुपमा बचत गरिदियो । त्यो रकम जम्मा गरेपछि २०८० असार २६ गते सहकारीले पुनः परिवारलाई फोन गरेर बोलायो । बाँकी रहेको दशलाख पुरानो ऋणलाई नयाँ बनाईदिने भन्यो । दुखनीसहित मोजाइल सहकारीमा आए कागजातमा सहि÷छाप गराइयो । सहि छाप भएको दिन २०८० असार २६ गते सहकारीले असार १ गते नै भुक्तानी भइसकेको प्रमाण दुखनीको परिवारलाइ दिइएको थियो । नयाँ ऋण जरी गरेकै दिन दुखनीको नामबाट ९ लाख ४४ हजार रुपैँया विष्णुकमार शर्माको नाममा ट्रान्सफर गरिएको थियो । त्यसको भोलिपल्ट असार २७ गते पुनः ३ लाख ७५ हजार रुपैँया मोजाइलको खातामा असार १८ गते धरौटी जम्मा गरिएको रकम समेत शर्मालाई पठाइएको छ । यी दुवै प्रक्रियामा सहकारीले पैसा पठाउनेलाई हस्ताक्षर गराएको छैन । कसैको नाममा भएको रकम मनखुशी अर्कोको नाममा ट्रान्सफर सहकारी आफैंले पठाएको छ ।

पीडित परिवारमा अर्को समस्या थपिँदो थियो । बल्ततल्ल आफ्नो परिवारलाई झुक्याएर पैसा झिक्ने व्यक्ति पक्राउ गरी ऋण कबोल गराउँदा समेत ऋण नसकिएको चिन्ता छायो । त्यतिकैमा उनीहरुको घरमा कोहि बुझ्ने व्यक्ति पाुहना आएका थिए । त्यसबेला सहकारीसँग भएको कारोबारको विषय सुनाउँदा कागजात हेरेका थिए । त्यसमा दुखनीको नाममा रहेको दशलाख रुपैँया ऋण नै इन्द्रनारायण भन्ने व्यक्तिले साँवा र ब्याजसहित भुक्तानी गरिसकेको विवरण देखियो । त्यसपछि उनीहरुलाई पुनः शंका लाग्यो र पुरानो प्रकरणमा ठगीमा संलग्न भएका इन्द्रनारायण मण्डल भएको ठाउँमा पुगे । मण्डलले आफूले सबै ऋण चुक्ता गरेर भौचर लिएको जानकारी दिएपछि पीडित परिवार छक्क परे । २०७५ सालमा दुखनीलाई चाहिएको २ लाख ५० हजार ऋण दशलाख जारी गरेर मण्डले ७ लाख ५० हजार चलाएको कुरा, पाँचवर्षपछि मण्डलले २३ लाख ५२ हजार ८८९ रुपैँया बुझाएको १८ दिनपछि ३ लाख ७५ हजार रुपैँया जम्मा गराउने र त्यसको आठ दिनपछि बोलाएर दशलाख नयाँ ऋण जारी गराएको देखाएर बिष्ण्ुकुमार शर्माको नाममा ट्रान्सफर गरिदिने काम राजश्रीले गरेको देखिन्छ ।

पीडित परिवारलाई त्यहिंको त्यहिं ठगेर उनीहरुको जग्गा धितोमा दश लाख जारी गरेको ऋण विष्णुकुमार शर्माको नाममा ट्रान्सफर गर्ने कार्यले अर्को आशंका जन्माएको छ । पीडितका अनुसार जस।री २०७५ सालमा इन्द्रनारायण मण्डल सहकारीले खडा गरेका व्यक्ति थिए, त्यसरी नै अहिले बिष्णुकुमार समेत सहकारीले खडा गरेका व्यक्ति हुन् ।
यो बीचमा २०८० साउन २५ गते १३ हजार ५५९, भदौ २२ र असोज २१ गते किस्ता वापतको रकम बुझाएको देखिन्छ । तर, के को किस्ता बुझाई रहनु परेको छ भन्ने कुरा पीडित परिवार अनभिज्ञ थिए । खाली एउटै दवाव छल्नु थियो–सहकारीले जग्गा लिलामी नगरोस् । धितोमा राखेको जग्गा ऋण बुझाएपछि फुकुवा गर्नुको सट्टा सहकारीले नै राखेर बारम्बार मिटर ब्याज सिस्टममा सर्वसाधारणबाट रकम ठग्ने गरेको आशंका उब्जाएको हो ।

राजश्री सेविंग्स एण्ड क्रेटिड को–आँपरेटिभ सोसाइटी लि.को प्रधान कार्यालय मलंगवा, सर्लाहीमा रहेको छ । मोरङ सुनसरीमा विराटनगरको ब्रान्च मेनेजर लालबाबु यादव छन् । इनरुवामा अनिल चौरासिया र यी दुवै ब्रान्च सञ्चालक सदस्यको रुपमा बैजनाथ साह छन् । पीडित परिवारले यी तीन व्यक्तिले ऋणीको अवस्था हेरेर धेरैलाई डुबाईरहेको दावी गरेका छन् । उनीहरुले यस विषयको अनुसन्धानका लागि प्रहरीसँग समेत सहयोग लिने बताएका छन् ।
साह, चौरासिया र यादवसँग यस विषयमा गरिएको छलफलमा उनीहरुले कमजोरी गरेको हाउभाउ व्यक्त गरेका छन् । विराटनगर शाखाले ऋण जारी गरेर इनरुवा शाखाबाट यसको फस्र्यौट गराइएको छ । जसमा २०७५ मा जालझेल गर्ने मण्डल र २०८० असारमा जालझेल गर्न सहयोग गर्ने शर्मा दुवै सहकारीले खडा गरेका प्रतिनिधि रहेको बुझिएको छ । यस विषयमा इनरुवा ब्रान्चका अनिल चौरासियाले घटनाक्रम त्यस्तो नरहेको बताए । उनले २०७५ मा जारी भएको दशलाखमध्ये चारलाख मात्रै इन्द्रनारायणले लिएको बाँकी रकममध्ये दुखनीले २ लाख ५० हजार र २ लाख ८० हजार दुखनीको आफ्नै मान्छेले लिइएको बताएका छन् । चौरासियाको दावी अनुसार त्यहि पैसा सामाजिक रुपमा व्यवस्थापन गर्नुपर्ने भएकोले बीचमा सहकारीले भूमिका निर्वाह गरेको बताए ।

यदि त्यो हो भने इन्द्रनारायणले पाँचवर्षपछि किन २३ लाख ५८ हजार रुपैँया नै जम्मा गरे ? उनले आफ्नो नाममा कटेको चेकका आधारमा मात्रै रकम जम्मा गर्दा सके भईहाल्ने अवस्था थियो । पीडित परिवारले मण्डलले फल्ड गरेका कारण जग्गा लिलामी हुने भएकोले आफूहरुले काबुमा पार्दा उसले लगेको ७ लाख ५० हजारको साँवाब्याजसहित आपूmले चलाएको २ लाख ५० हजारको साँवा ब्याज तिर्ने कबोल गरे अनुसार नै कारोबार भएको बताउँछन् । मण्डलले समेत पीडित परिवारसँग आफूले कमजोरी गरेकोले सबै ऋण बुझाएर फस्र्यौट गरिदिएको कुरा भनेका छन् ।

यदि मण्डलले २०८० असार १ गते नै सबै ऋण बुझाईसकेको कारोबार विवरण र भौचर सहकारीले अपडेट गरिसकेपछि पुनः १८ गते ३ लाख ७५ हजार धरौटी जम्मा र २६ गते पुरानो ऋणलाई नयाँ बनाउने भन्दै दशलाख जारी गर्ने काम कसरी भयो ? भन्ने प्रश्न उब्जिएको छ । यसरी जम्मा गरिएको रकम र निकासा गरिएको रकम अर्को व्यक्तिको खातामा ट्रान्सफर गर्दा सम्बन्धित खातावालाको हस्ताक्षर भने गराइएको छैन । त्यसमा पनि औंठा छाप हानिएको चेक सम्बन्धित व्यत्तिको स्वयम्ले मात्रै साट्ने पाउँछ ।
यादवm चौरासिया र साहसँग यस विषयमा बुझ्दा उनीहरुको दावी फरक छ । यद्यपी दावी अनुसारको उनीहरुको व्यवहार भने अलग छ । उनीहरुले सामाजिक रुपमा निकालिएको निचोडको भूमिका निर्वाह मात्रै गरिएको बताउँदै आएका छन् । पीडितका अनुसार २०७५ सालमा आफ्नो जग्गाको धितोमा अर्कै व्यक्तिले ऋण जारी गरेर लगेको देखिएपछि यो केस मिलाउन छाँया भन्ने कर्मचारीलाई सरुवा गरिएको थियो ।

पीडितले जिल्ला प्रशासन कार्यालय मोरङमा आवश्यक अनुसन्धान गरेर सहकारीका सञ्चालक तथा मेनेजर विरुद्ध निवेदन दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले तत्काल अनुसन्धान गरि कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई निर्देशन समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्