मेरिल्याण्ड कलेजमा एक हजार १७ जना विद्यार्थीले दिए प्रवेश परिक्षा

<span class='c1'>मेरिल्याण्ड कलेजमा एक हजार १७</span> <span class='c2'>जना विद्यार्थीले दिए प्रवेश परिक्षा</span>

विराटनगर । विराटनगर - ७ स्थित एक मात्र व्यवस्थापन संकाय पढाइ हुने मेरिल्याण्ड कलेजमा विहिबार कक्षा -११ मा नयाँ सत्रमा भर्ना हुन चाहने विद्यार्थीहरुका लागि प्रवेश परीक्षा सम्पन्न भएको छ ।

विहान र दिवा सत्र गरि ७५० विद्यार्थीको कोटामा करिब १०१७ विद्यार्थीहरुको सहभागीता रहेको थियो । मेनेजमेन्ट मात्र पढाइ हुने एकमात्र कोशी प्रदेशको कलेज नेपालकै उत्कृष्ट कलेज भएकोले व्यवस्थापन पढ्ने विद्यार्थीहरुको पहिलो रोजाईमा पर्ने गरेको छ मेरिल्याड ।

कोशी,मधेश, बागमती,गण्डकी र लुम्बिनी प्रदेशबाट विद्यार्थीहरु प्रवेश परीक्षा दिन आएको कुरा कलेजका प्रिन्सीपल लक्ष्मण ढकाल बताउनुहुन्छ । जनकपुरबाट आफ्नो छोरीको प्रबेश परीक्षा दिलाउन आउनुभएका एक अभिभावकले भन्नुभयो पढेका विद्यार्थीहरुले मेरिल्याण्डले क्वालीटिमा कुनै कम्प्रोमाइज गर्दैन विद्यार्थीलाई पढाउन भन्ने सुन्नमा आएकोले त्यति टाढाबाट आएको हुँ उहाँले बताउनुभयो । मेरिल्याण्ड अब्बल शैक्षिक संस्था हुनमा वार्षिक क्यालेन्डर अनुसार पठन पाठन हुनु, विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप गराउनु विद्यार्थीलाई कडा अनुसासनमा राख्नु वर्षैभरि निशुल्क कोचिङको व्यवस्था हुनु, उत्कृष्ट फ्याकल्टी र राम्रो करियर डेभलोपमेन्ट अपरचुनिटि जस्ता विशेषताहरु पनि हुन्, एक शिक्षक इश्वर दाहाल बताउनुहुन्छ ।

मेरिल्याण्डकी छात्रा दीया अग्रवालले २०७८ सालको कक्षा -१२ को बार्ड परीक्षामा ३.९६ जिपिए ल्याई नेपाल प्रथम भएकी थिइन् । मेरिल्याण्डबाट यसैवर्ष कक्षा - १२ दिएर बसेकी छात्रा कृपा थापाले मेरिल्याण्डको कक्षाको पढ्ने वातावरण पनि अन्य कलेज भन्दा फरक पाएको बताइन् । स्मरण रहोस मेरिल्याण्डले यहि असार २८ गते रसियन कल्चरहाउस काठमाडौँमा शिक्षा मन्त्रालयले यस वर्षको उत्कृष्ट मावि पुरस्कार दिने घोषणा गरेको सुचना मन्त्रालयबाट प्राप्त भएको कुरा प्रिन्सीपल ढकाल बताउनुभयो। त्यस्तै आज प्रवेश परीक्षा दिन छुटेका विद्यार्थीहरुका लागि भर्ना अभियान जारि रहने कुरा प्रिन्सीपल ढकाल बताउनुभयो । आजको विद्यार्थीको उल्लेख्य सहभागिताले मेरिल्याण्ड कलेजलाई अझ अघि बढ्ने हौसला मिलेको कुरा हिसानका केन्द्रिय उपाध्यक्ष तथा डाइरेक्टर भेषराज पोखरेल बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्