जीवन चलाउने आलुचप, भाडा बुझाउनै ठिक्क

<span class='c1'>जीवन चलाउने आलुचप,</span> <span class='c2'>भाडा बुझाउनै ठिक्क</span>

इशु पन्त
विराटनगर । विराटनगरमा लामो समयदेखि पानीपुरी चटपटे व्यवसाय गरेर परिवारको जीवनयापन चलिरहेको थियो । एक समय स्वादिलो मानेर निकै टाढा टाढाबाट ग्राहकहरु आउने गर्दथे । अहिले त्यति व्यापार छैन ।

डोमनी देवी साह विराटनगर–९ जहदा रोडस्थित सिटी प्यालेस अगाडीको खाली जग्गामा आलु चप, ब्रेड चप, पकौडा र पापड बेचेर जीविकोपार्जन चलाउँदै आएकी छिन् । साँझपख यसो सडकदेखि केहि दुरी छलिएर उनले बनाएको सडक परिकार निक्कै स्वादिलो हुन्छ ।

दैनिक केहि आम्दानी हुने गरेको उनी बताउँछिन् । सडकको आडमा रहेको लगभग ५ फिटको जग्गा उनले उपभोग गरिरहेकी छिन् । खाली जग्गा भएकोले उनलाई उपभोग गर्न सहजै थियो । तर, अचानक जग्गा धनीले मासिक दुई हजार रुपैयाँ भाडा बुझाउनु पर्ने भनेपछि उनको जीवन चलाउन पाक्ने गरेको आलुचप भाडा तिर्न फुट्न थालेको छ । ‘मैले बाध्यताले गरेको हो, गरीब भएपछि बिहान–बेलुका हातमुख जोड्नको लागि यसो दुःख जिउलो गर्दा पनि भाडा नमागेको भए हुन्थ्यो’ डोमनीले मधुर स्वरमा भनिन्–ठूलाको आज्ञा पालना गर्नैपर्ने भएकोले बुझाउँदै आएको छु ।

खाली जग्गा छोडेर धनी काठमाडौंका घरबेटी छन् । गत तिहारमा आउँदा उनको जग्गामा बसेर व्यापार गरेको थाहा लाग्यो । भाडा उठाउने जिम्मा भने छेउको पसलेलाई दिएको छ । त्यही छेउको कपाल काट्ने पसलको भाडा दर मासिक ३००० रुपैयाँ रहेको छ। तर, सडक छेउको खुल्ला जग्गाको भाडा भने मासिक दुई हजार रुपैयाँ भएपछि डोमनीलाई पर्नु पीर परेको छ ।

‘विकल्प पनि छैन, हामीले बनाएका खानेकुरा स्वस्थ्यकर छन् तर हामीसँग बिक्री गर्ने ठाउँ लिने पैसा छैन’डोमनी भनिन्–सडक किनारमा पाकेको भनेर मात्रै हुन्न, गरिबको जीविको चलिरहेको पनि छ । यहि कुरा बडाले पकाउन थाले भने स्ट्रिट फुड हुन्छ । उनले आफ्नो पेसा जीविकोपार्जनसँग जोडिएको दैनिकी भएको बताइन् । आलुचप बिक्री गरिरहेको स्थान परिवर्तन गर्दा दैनिक व्यापारमा पर्ने असर बारे पनि उनलाई जानकारी छ, त्यहि भएर उनी ठाउँ सर्न पनि गाह्रो मान्छिन् ।

स्थानिय गोपाल मुखिया ५ फीट जग्गामा यसो आलुचप पकाएर बिक्री गर्दा पनि भाडा नअसुल्दा पनि हुने मान्यता राख्छन् । तर, जग्गा धनीलाई आलुचप बिक्री गर्नेसँग भाडा नउठाई जीविको चलाउन पनि मुस्किल परेको होला पनि सम्झन्छन् । डोमनीले आलुचप नपकाउँदा त्यहाँ अरु कुनै पसल वा व्यवसाय चल्ने अवस्था भने तत्काललाई छैन ।

विराटनगर महानगरपालिकाले वहाल कर निर्धारण गरे अनुसार पनि मासिक चारसय मात्रै भाडा हुन्छ । महानगरपालिका घरवहालक कर ऐनको अनुसूची ३, दफा ४ सँग सम्बन्धित घर तथा जग्गा बहाल कर अनुसार महानगरले उक्त स्थान रेन्बो बाटो हुँदै न्यूरो हस्पिटल जहदा चोकसम्म मूल सडकको प्रति वर्ग फिट रकम ८० रुपैयाँ तोकेको छ।उनले व्यवसाय गरेको स्थान लगभग ५ वर्ग फीट रहेको आधारमा ४०० रुपैयाँ मासिक भाडा हुन् आउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्