सक्दैन कसैले

सक्दैन कसैले

-राजन प्रसाद न्यौपाने "श्रीयम"
कस्तो नियति यो खै?
कति भत्कन्छ
मेरो धैर्यताको कोशी बाँध
कहिले मनको सगरमाथा
गर्ल्याम गुर्लुम खस्छ
कहिले विश्वासको
पहाडमा पहिरो जान्छ
खै किन हो
यो जिन्दगीमा
बारम्बार धमिलो पानीको भेलबाढी
आइरहन्छ?
कहिल्यै बगाएन यो भेलले
जिन्दगीका दुख दर्द
अभाव र कठिनाइहरु
यो भेल जब आउछ
बगाउछ सधैं
खुशीहरु
रहरहरु
दुख्जिलो थेगेका
सपनाहरु
निम्त्याउछ चक्रवात
र आँधीबेहरी
ठोक्क्याउछ जिन्दगीलाई
भिमकाय चट्टानहरुसंग
खेल्नुपर्छ पटकपटक
ज्वालामुखिका लाभाहरुसंग
नडराई सामना गर्नपर्छ
जिन्दगीमा आएको भूकम्पका
पराकम्पनसंग
जुधनुपर्छ समाज नामको
सामुदायिक मरुभूमिका
काडा र भालाहरु सङ
ओहो कस्तो नियति हो
किन दोहोरिन्छ
पटक पटक म माथि
सायद मलाई मान्छे बनाउन होला
हो म पहाड भएर ठडिनेछु
जस्तै दर्हो आँधीहुरी तुफान
आएपनि
मलाई मार्ने गरी आउला
त्यो महामारी
तर सक्नेछैन मार्न
मेरो हिम्मत सहास र धैर्यतालाई
म म हुँ,
जिन्दगीको शिखर चढेरै छाड्नेछु
किनकि म
नियतिको पहाड फोडेर निस्कने
मान्छे हुँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्