-सृष्टि सावित्रा
कसले बुझ्ने कोशिश गर्छ यो मन मेरो
अचेल हतारमा भेटिन्छ धड्कन मेरो
आज पनि धरातल सम्झिरहेको छु
हिजो झुपडीमा बितेथ्यो बचपन मेरो
गुरु र पुस्तक कहिल्यै पुराना हुँदैनन्
क,ख पढेको पुस्तक अझै छ जतन मेरो
ए! छोडेर जाने मान्छे,फेरि फर्केर नआऊ
भर्खर रंगिन खोज्दै छ, जीवन मेरो
उत्तिस काटेर तर्साउछन् तर्साउनेहरू
दिमागमा हुर्किरहेछ रक्तचन्दन मेरो