लघुकथाः चुलबुले

लघुकथाः चुलबुले

-ऋषि तिवारी
'हजुरआमा मलाई चिन्नु भो ?'
हजुरआमालाई देख्न साथ । म सानै छँदाको स्मरण आँखामा घुम्न थाल्यो ।

गाउँमा आमा, काकी, सानिमा र माइज्यु यी हजुरआमा ठुली एकादशीको दिन तुलसी मोठ वरिपरि घुमेर संगीनी खेलेको सम्झनाले एकाएक आँखाको दृश्यले सम्झियो ।

'चिन्नु भएन हजुरआमा अझैं ?' यति बुझें वहांको मष्तिष्क कमजोर भैसकेछ । म आफैं अघि सरेर भने । 'म रामजी बाको छोरो 'लखन्तरे' क्या ।' 'आम्मामामा कत्रो लाठे भैछस त नाती?' वहांले म गाउँले भएपनि कहिले नाम काट्नु भएको थिएन् । नाती नै भन्ने गर्नु हुन्थ्यो । निकै लामो अन्तरालमा संयोगले यी हजुरआमालाई काकाकै घरमा भेट गर्न पाउँदा खुशी थिए । फेरि भन्न थाल्नु भो । 'नाती त सानोमा नाच्तिस नि त्यहि लखन्तरे होस् ।' 'हो नि हजुरआमा ।' मैंले अझै कोट्याइ दिएँ ।

'नाति तेरो आमा पहिल्यै बितेको कुरा त थाहा थियो । तेरो जेठी आमा पनि बित्नु भएछ अरे भन्ने सुनेको छु ।' 'हो हजुरआमा । सहि सुन्नु भो ।'

हजुरआमा पनि बिगत सम्झेर भन्न थाल्नु भो । 'बाबु साह्रै रमाइलो थियो हाम्रो दिनपनि । अब त फर्केर पनि आउँदैन । अब त मलाई पनि घरले जाँ- जाँ र बनले आइज- आइज भन्न थालिसक्यो ।' 'हैन हजुर आमा त्यसो नभन्नुस न । भर्खर त नाती र हजुरआमाको भेट भएको छ । अहिले कहा बनले बोलाउँला र ? मैंले फेरि सम्झाएँ ।

अब नाती हजुरआमा मज्जाले गफ गर्ने हैं । एसपल्ट चाहि हजुरआमाले नामै किटेर भन्नु भो । 'जस्तो थियो सानोमा यो लखन्तरे अहिले पनि उस्तै चुलबुले रहेछ ।'

विराटनगर-६, ममता-मार्ग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्