-शिखा अधिकारी खतिवडा
नाक र मुख सुकेर आयो बाटोको बटुवा
बालकै कालमा सिन्दुर लाएँ वैँशमै विधुवा
फागुन चैत उराठ लाग्ने मन त्यसै विरक्त
परदेशमा खसम ढलेका रैछन् म यता विभत्स
तिर्थ र व्रत ,पूजा र पाठ मन यति रमाउँथ्यो
व्रतकै दिन सिन्दुर पुछियो के ईश्वर होला त?
घाम छेक्ने छानो चामल एक मानो तिउन झाडीमा
महङ्गै सपना देखेछु मैले ज्यान गयो खाडीमा
फुटेको खप्परलाई मन पर्ने अत्ति कफिको बासना
कफि भन्दा त प्यारो थियाे मलाई तिम्रो त्यो पसिना
उठन प्यारा बोल एक फेर मन मेरो आत्तियो
सुतेको झैँ गरि निदाउनु भयो छोरीले भन्दी हो
बा आउँदा खेरी जुत्ता र ब्याग चक्लेट चाहियो
पर्खेकी छोरी रुन्छे धरधरी मन मेरो चिरिय
सासुले टेक्ने लौरो भाँचियो नन्दको माइती घर
मेरो त संसारै डुवानमा पर्यो न माइती न त थर